• १ साउन २०८१, मङ्गलबार

रामेश्वर चापागाईँको स्मृतिग्रन्थ प्रकाशित

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, साउन १ गते । नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेख्य काम गर्नुभएका स्व. रामेश्वर चापागाईँको स्मृतिमा एक ग्रन्थ प्रकाशनमा आएको छ । 

त्रिभुवन विश्वद्यिालयअन्तर्गतका विभिन्न क्याम्पसमा चार दशक लामो अध्यापन गर्नुभएका उहाँ सहप्राध्यापक पदबाट सेवा निवृत्त हुनुभएको थियो । उहाँको  जीवनका विविध आयाम समेटिएको रामेश्वर चापागाईँ स्मृतिग्रन्थ उहाँको वार्षिकीका अवसरमा विमोचन गरियो । 

चापागाईँ समाज काठमाडौँको प्रकाशनको स्मृति ग्रन्थ उहाँकी श्रीमती निर्मला चापागाईँ र छोरीहरू सरिता, सविता, शोभा र सुनिताको योजनाका तयार पारिएको हो । 

आत्मेश्वर चापागाईँ, प्रा.डा. बद्री विशाल भट्टराई, केशव पहाडी, गोपालप्रसाद अधिकारी र शोभा चापागाईँको सम्पादन समूहले तयार पारेको स्मृति ग्रन्थमा स्व. चापागाईँको व्यक्तित्वबारेका लेखहरू र उहाँका अप्रकाशित सामग्री सङ्कलन गरिएका छन् ।

भोजपुर जिल्लाको दिङ्लामा जन्मनु भएका रामेश्वरको २०८० असार ६ गते काठमाडौँमा भएको थियो ।