उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।
सीमा अपराध नियन्त्रणका लागि बेलहिया नाकामा ‘वाकथ्रु मेसिन’ जडान गरिएको छ ।
हिमाली जिल्ला मुगुले २७ वर्षपछि सङ्घीय सरकारमा प्रतिनिधि पाएको छ । विसं २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रनिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री हुनुभएको थियो ।
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री डा.सुव्रमन्यम जयशङ्करले हार्दिक बधाई ज्ञापन गर्नुहुँदै उहाँको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
ठुलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक सुटरले गोली चलाएपछि स्वतन्त्र समीक्षामा सहयोग गर्ने वाचा गरेको छ ।
कुवेत आयल कम्पनी (केओसी) ले कुवेतको आर्थिक जलक्षेत्रमा रहेको फैलाका टापुको पूर्वमा रहेको नौखादा अपतटीय क्षेत्रमा उच्च गुणस्तरको हल्का तेल र ग्यासको नयाँ खोज गरेको घोषणा गरेको छ ।
म्याग्दीको बेनी नगरपालिकाले गत आर्थिकमा चार करोड बढी आन्तरिक आम्दानी गरेको छ ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु. नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।
जुम्ला सदरमुकाम खलङ्गा बजार, जुम्ला विमानस्थल र आसपासको दृश्य
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन गरेका छन् । सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको थियो ।
मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम
तनहुँको आँबुखैरेनी गाउँपािलका–४ ऐनापहरास्थित ढुङ्गामा बनाइएको आकृति । यहाँका ढुङ्गामा आकृति बनाएर पर्यटक आकर्षित गर्ने प्रयास थालिएको छ
झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।