नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनमा पहिरोले बगाएर दुई यात्रु बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ ।
रक्षामन्त्री मानवीर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराई–मधेश द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को बजेट पारित भएको छ । नगर सभाको १४ औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान बजेट सर्वसम्मत पारित गरेको हो ।
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ ।
नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आउनु भएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।
हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा मनाङीको आयआर्जनको प्रमुख स्रोत बनेको छ । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा छ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनुकूल पर्यटन नीति बनाउने बताउनुभएको छ ।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्राङ्कित तेस्रो श्रेणीका प्राविधिकहरूको समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ ।
वि. सं. २०७२ मा खुला प्रतिस्पर्धाबाट त्रिवि सेवा आयोग पास गर्दा विद्या भट्टराईको सपना थियोः कुनै दिन प्राध्यापक बन्छु। विद्यार्थीलाई समाज र यसका अवयव सिकाउँछु।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गर्नुभएको छ । पद बहालीपश्चात् उहाँले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताउनुभयो ।
पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उहाँले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो।
नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताउनुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ। सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो।
नवलपुरमा भू–क्षय तथा कटान रोकथाम, वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरणका लागि वृक्षरोपणलाई तीव्रता दिन थालिएको छ । अहिले वर्षायामको समय भएका कारण बिरुवा रोप्दा जोगाउन सजिलो हुने साथै बिरुवा छिटो सर्ने हुनाले पनि वृक्षरोपण हुने गरेको हो ।