• १ साउन २०८१, मङ्गलबार

सुदूरपश्चिममा मन्त्रालय सङ्ख्या ६ मात्रै

blog

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन १ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाएर छ वटा कायम गर्न लागेको छ । 

यसअघि छ वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १६ गते चार मन्त्रालय फुटाएर मन्त्रालय सङ्ख्या १० पु¥याउनु भएको थियो । मन्त्रालय सङ्ख्या बढाएको आधा महिनामै फेरि घटाएर साविककै सङ्ख्या कायम गर्ने निष्कर्षमा प्रदेश सरकार पुगेको छ । सरकारले मन्त्रालय घटाएर साविककै कायम गर्ने निष्कर्षमा पुगेको र चाँडै क्याबिनेटबाट निर्णय गर्ने जलस्रोत तथा सहरी विकासमन्त्री अक्कलबहादुर रावलले बताउनुभयो । 

एमालेले नमानेका कारण सरकारले मन्त्रालय फुटाएको उहाँको भनाइ छ । रावलले भन्नुभयो,“एमालेका साथीहरुले फुटाउनै पर्ने जिकिर गरेपछि सरकारले मन्त्रालय फुटाएको हो । तर, अब घटाउने निष्कर्षमा पुगिसकेका छौं ।”

सरकारले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएको थियो । मन्त्रालय संख्या बढाइएपछि त्यसको विरोधसमेत भएको थियो ।