• १ साउन २०८१, मङ्गलबार

प्रधानमन्त्री ओलीलाई एमाले काठमाडौंको बधाई

blog

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रम ।

काठमाडौँ, साउन १ गते। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले बधाई तथा शुभकामना दिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इञ्चार्ज आनन्द पोखरेललगायतको सहभागिता थियो।

एमाले अध्यक्ष ओली आइतबार चौथो कार्यकालका लागि देशको प्रधानमन्त्री नियुक्त हुनुभएको हो।उहाँले सोमबार शपथग्रहण लगत्तै पदभार ग्रहण गर्नुभएको थियो।