भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटीय क्षेत्रमा जनस्तरबाट निगरानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । आइतबार सिमलताल पहिरो
भारतको शारदा नदीले पलियास्थित पुलको उत्तरतिरको सडक बगाउँदा यातायात सञ्चालनमा समस्या भएको छ । बाढीले सडक बगाउँदा यातायात सेवाका साथै सर्वसाधारण यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण नेपाल–भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरीफन्टा सीमानाकाबाट आवतजावत बन्द भएको छ ।
त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन ।
उच्च अदालत पाटनले न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । फुटपाथ विस्तार नगर्न सडक डिभिजन कार्यालयले गरेको पत्राचारविरुद्ध काठमाडौँ महानगरपालिकाले उच्च अदालतमा जेठ २७ गते रिट दायर गरेको थियो ।
महोत्तरीको मटिहानीका आगलागीपीडित परिवारलाई नगरपालिकाको संयोजनमा रतौली युवा क्लबले आइतबार एक कार्यव्रmमबिच व्यावसायिक सामग्री वितरण गरेको छ ।
नेपालको पहिलो केबलकार मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ । नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनु भयो ।
इलामको पश्चिम क्षेत्रमा रहेको महाभारत पर्वत शृङ्खला राँके–रवि सडक अन्तर्गत दक्षिणतर्फको गाउँपालिका हो, फाकफोकथुम । यो नेपालको सङ्घीय शासनप्रणाली अन्तर्गत राज्य पुनर्संरचनामा स्थानीय तहको नयाँ
हेटौँडा उपमहानगरपालिकाले एक दशकभन्दा लामो समयपछि उपमहानगरको आवधिक विकास योजना बनाएको छ । नगरको विगत सात वर्षको वार्षिक योजना, नगरको हालसम्म तर्जुमा भएका गुरुयोजना
‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।
रामको पाउ स्पर्श भएको विश्वास गरिने रामधुनी मन्दिर धार्मिक पर्यटकीय स्थलका रूपमा विकास भइरहेको छ । पौराणिक कथन अनुसार त्रेतायुगमा श्री रामचन्द्र वनवासका व्रmममा यस तपोवनको पुण्यस्थलमा धुनी लगाएर एक रात बास बसेको र आफ्ना पाउका एक जोर खराउ बास बसेकै ठाउँमा छाडी गएको भन्ने भनाइ छ । रामको चरण परेको भूमि र उनले बालेको धुनी हेर्न दैनिक देश तथा विदेशबाट श्रद्धालु दर्शन गर्न आइपुग्ने गरेका छन् ।
लामो समयको अन्तरमा पुँजी बजारमा उच्च अङ्कको सुधार भएको छ । त्यस्तै कारोबार रकम पनि उच्च भएको छ । पुँजी बजारको यस्तो सुधार दुई वर्षयताकै राम्रो हो । नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बन्ने र अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा चलेपछि सेयर बजारमा उच्च वृद्धि भएको हो ।
सिमलताल घटनामा बेपत्ता भएका यात्रुमध्ये आइतबार छ जनाको शव भेटिएको छ । चितवनको मेघौली गोलाघाटमा एक, चितवन सिसवारमा एक, नवलपरासी गैँडाकोटमा एक र नवलपरासी त्रिवेणी अ
नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ । दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका ला
कैलालीमा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार चुरे गाउँपालिका –६ का १३ वर्षीय सन्तोष नेपालीको ज्यान गएको हो ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली भण्डारी निवास चपली पुग्नु भएको थियो ।