चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले आइतबार बिहान नारायणी नदीमा घोप्टो परेको अवस्थामा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको जानकारी दिनुभयो ।
माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् ।
त्रिशूली नदीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजी कार्यका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।
सहरको घना बस्तीको माझमा एउटा आलिसान महल छ । घर भने चार तलाको छ । त्यस घरको वरिपरि सुन्दर सुन्दर फूलका गमलाहरूले सजाएका छन् । सङ्घारमा दुवैपट्टि गमलामा गुलाफका बिरुवा छन् ।
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ ।
लोकगीतको एउटा बोल छ– अल्लि यता सर न रेशम चौतारीको वरपिपल झैँ बसौँ
जिल्लाको जानकी गाउँपालिकाका महिला मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण गरिएको छ । गाउँपालिकाको ७६ लाख रुपियाँ बजेटबाट पन्थोकमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो ।
साहित्यका विभिन्न विधामा पछिल्लो समय महिलाको भूमिका र योगदान प्रशंसनीय बन्दै गइरहेको छ । समयव्रmमसँगै प्राप्त हुने चेतनाको इन्द्रेणी झिल्को महिला लेखनमा पनि परेको महसुस प्रशस्त गर्न सकिन्छ । हिजोस
राष्ट्रिय सभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचनाबाट दिइएको हो । आइतबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
अरुण गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा जम्मा ८३.७३ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले चालु आव २०८०/८१ मा कुल बजेटको ८३.७३ प्रतिशत खर्च भएको बताउनुभयो ।
सर्लाहीमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ । यहाँ केही दिनदेखि निरन्तर परिरहेको झरीका कारण बाहिर निस्किएर काम गर्नुपर्ने र यात्रा गर्नुपर्नेले असाध्यै सास्ती खेपिरहेका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ बयालबाट चरिचरनका लागि ध्यल्या पाटनमा ल्याइएको भेडा । वर्षायाम सुरु भएसँगै चरिचरन क्षेत्र पाटनमा पशुचौपाया ल्याउने गरिन्छ ।
गत कात्तिक १७ गते केन्द्रविन्दु भएर भूकम्प गएको जाजरकोटको बारेकोट गाउँपालिका–१ सिल्पाचौर गाउँ । भूकम्पले घर भत्किएपछि स्थानीयवासी सोही स्थानमा अस्थायी टहरा निर्माण गरी बसोबास गरेका छन् ।
लगातारको वर्षासँगै आएको सेती नदीको बाढीले पोखरा रामघाट क्षेत्र जलमग्न भएको छ । सेती नदीको रामघाट, शान्तिघाट, तुलसीघाट र बौद्ध अर्घौं सदनलगायतका क्षेत्र जलमग्न भएका हुन् । उक्त क्षेत्र पोखरी नै हुँदा मृत्यु संस्कारमा शव जलाउन समस्या भएको छ ।