• १६ भदौ २०८१, आइतबार

नारायणी नदीमा एक पुरुषको शव फेला

blog

चितवनको भरतपुर महानगरपालिका–२८ मा भेटिएको एक पुरुषको शव । तस्बिर : सशस्त्र प्रहरी

चितवन, असार ३० गते । चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले आइतबार बिहान नारायणी नदीमा घोप्टो परेको अवस्थामा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नारायणी नदीको बिचको बगरबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट जानुभएको सह प्रहरी नायब उपरीक्षक मनोज गुरुङको १५ जना टोलीले शव निकाली इलाका प्रहरी कार्यालय दिब्यानगरमा बझाइएको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।