पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चोर तल्लाकोटका बासिन्दा पवन परिवार घरनजिकैको विन्ध्यश्वरी माविमा कक्षा १० मा पढ्नुहुन्छ। बाआमाले ज्याला, मजदुरी गरी बहिनी प्रशन्ना र पवनलाई पढाउनुभएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल सहभागी हुने निर्णय गरेको छ ।
प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ ।
गीतकार प्रमीला बस्तीको शब्द सिर्जना रहेको ‘माया गर्छु भन्न पनि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल ठमेल’का रूपमा अगाडि बढाइने भएको छ ।
प्रतिनिधि सभाका दुई ठुला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै हुनुहुन्छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले शनिबार मस्कोका लागि जासुसीको आरोपमा ब्रिस्बेनस्थित दम्पतीको गिरफ्तारीमा रुसी आलोचनालाई अस्वीकार गर्दै क्रेमलिनलाई फिर्ता लिन आग्रह गर्नुभएको छ ।
मधेश प्रदेश सभाको बसेको बैठकले आर्थिक विधेयक सर्वसम्मत पारित गरिएको छ । प्रदेश सभाको तेस्रो अधिवेशनको शनिबार बसेको २२ औँ बैठकले आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभयो ।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा दुईवटा बेवारिसे शव फेला परेका छन् ।
नेकपा (एमाले) हुम्लाको जिल्ला कमिटीले पूर्णता पाएको छ । अधिवेशनपछि चयन हुन नसकेको मनोनीत जिल्ला कमिटी सदस्य, सचिवालय गठन, विभाग गठन र सल्लाहकार समिति गठन भएपछि कमिटीले पूर्णता पाएको हो ।
भानु प्रतिष्ठान नेपाल, बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार प्रभातफेरी तथा रचना वाचन गरी आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती मनाइएको छ।
व्यास नगरपालिका–१० स्थित डिहीगाउँमा ट्याङ्कर फसेपछि अवरुद्ध भएको सदरमुकाम दमौलीदेखि दुम्सीचौर जाने सडक खण्ड ।
नेपालमा धार्मिक पर्यटनको सम्भावना निकै छ । यो देश प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको क्षेत्र मात्रै नभई विविध जाति, भाषा, वेशभूषा र परम्पराको अनुपम सङ्गमस्थल हो ।
गोरखापत्रले हालै प्रदर्शनीमा राखेका ऐतिहासिक तस्बिरहरू हेर्न जाने प्रायः नेताका तस्बिरहरूमा झुम्मिएका देखिन्थे । अचेल दिनदिनै मिडियामा देखिने नेताहरूको ऊ बेलाको मुहार अहिलेको आकर्षण थियो ।
दाङमा साहित्यकारले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरेर २११ औँ जयन्ती मनाएका छन्।नेपाली साहित्य, भाषामा खेल्नुभएको भूमिका स्मरण गर्दै घोराही उपमहानगरपालिका-१५ भानु चोकमा रहेको आदिकवि आचार्यले तस्बिरमा टीका, माला अर्पण गरेर मनाएका हुन् ।