ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताउनुभएको छ ।
दुध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनु परेको जनाएको छ ।
शनिबार बिहान सुत्केरी बेथा लागेका एक जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरी बेथाले च्यापेपछि शुक्रबार राति लौँठी स्वास्थ्य चौकी ल्याइएको भए पनि स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिने स्वास्थ्यकर्मीले भनेपछि गर्भवतीलाई प्रदेश अस्पतालमा लगिएको हो ।
जोरायल गाउँपालिकामा–३ कोलामा रोपिएको हंसराज बासमती धानमा किरा देखा परेको छ । जोरायल गाउँपालिका हंसराज बासमती धान उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले नागरिक अधिकार र सार्वजनिक सरोकारका मुद्दामा अदालत संवेदनशील रहेको भन्दै अदालती फैसला कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय विभूति एवं आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिवार बर्दिबासमा तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगिता सम्पन्न भएको छ ।
गोदावरी नगरपालिका–५ गेटाको माछापालन गेटनजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले २४ लाख रुपियाँ नगदसहित नियन्त्रणमा लिएको छ ।
अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा जुलाई–१९ मा सल्लाहकार राय दिने घोषणा गरेको छ ।
जिल्लाको जलजला गाउँपालिका-८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुनः निर्माण नहुँदा उपल्लो खनियाघाटमा सिँचाइको समस्या भएको छ ।
यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका-१९ बाँसगढीका ५५ वर्षीय पारूँ चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्याउनुको साटो झारफुकतिर लागे ।
सुनसरीमा चालु आर्थिक वर्षमा समयमै कृषि अनुदानसम्बन्धी सूचना प्रवाह गरी लाभग्राही छनोट गर्दा एक सय बढी किसानले प्रत्यक्ष लाभ पाएका छन् ।
जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहनुभएको छ ।
उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ ।