जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा हिमाली जिल्लामा देखिइसकेको छ । यसको असर समयमै न्यूनीकरण गर्न नसकिए नेपाललाई विश्वव्यापी रूपमा परिचित गराउने प्राकृतिक हिमालको स्वरूप कालापत्थर बन्ने छन् भने भविष्यमा चौँरी खर्क मरुभूमिमा परिणत हुने छन् ।शीतल हिमाली भूभागमा बसोबास गर्न मन पराउने शेर्पा जातिको परम्परागत पहिचान तथा व्यवसायसँग जोडिएको व्यवसाय चौँरीपालन हो । नेपालको उच्च हिमाली भूभागमा बसोबास गर्ने शेर्पाको चौँरीपालनलाई पुर्ख्यौली पेसा पनि भन्ने गरिन्छ ।शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र प्राकृतिक र जैविक विविधता मात्रै नभएर सांस्कृतिक सम्पदाले पनि भरिपूर्ण छ । पर्यटन प्रवर्धनमा यी विविध क्षेत्रको धेरै नै महत्त्वपूर्ण भूमिका रहेको छ । प्रकृतिसँग रमाउनेहरूका लागि हिमाली क्षेत्रको पदयात्राको आनन्द त झन् बयान गरेरै सकिँदैन । चारैतिर मनमोहक दृश्य, शिरमा हिमाल, क्रमशक तलतिर हरियाली जङ्गल अनि फेदीमा नदीनाला, झरना, छहरा । अनि कलकल बग्ने नदीनाला । हिमालमै ठोक्किएर आए जस्तो अनुभूति हुने शीतल पवनको स्पर्श । यस भेगमा अर्का आकर्षणका केन्द्र हुन्, खर्कको नामले चिनिने यस्ता फराकिला र समतल प्रकृतिका भूभाग । यहाँ वरपर चरिरहेको देखिने चौँरीका बथानले यहाँको सुन्दरता झन् बढाएको आभास हुन्छ । हिमाली क्षेत्रमा देखिने यस्ता समतल भूभागलाई खर्क भन्ने गरिन्छ । त्यस्ता खर्क प्रकृतिका अनुपम उपहार मानिन्छन् । त्यस्ता खर्क उच्चपहाडी एवं हिमाली भूभागका चरन क्षेत्र हुन् । नेपालको हिमाली भूभागको करिब ४० प्रतिशत क्षेत्रफल खर्क र वन जङ्गलले ढाकेको छ । सुन्दर र शान्त वातावरण रहेका त्यस्ता खर्कमा टङटङ आवाज गुन्जाउँदै आफ्नै सुरमा रहेका भेडा, च्याङ्ग्रा, चौँरीका बथान यस क्षेत्रमा यात्राका थप आकर्षण मानिन्छन् । त्यस्ता सुन्दर घाँसे मैदानमा चरिरहेका चौँरीलगायतका अन्य पशुको बथानले यहाँ यात्रा गर्ने पर्यटकको ध्यान अन्त जानै दिँदैन । हिमाल र चौँरीलाई एकअर्काको पर्याय मानिन्छ । हिमालबिनाका चौँरी र चौँरीबिनाका हिमालको कल्पना पनि गर्न सकिँदैन । लेकाली जलवायुको चिसो वातावरण मन पराउने, कम रोग लाग्ने, जडीबुटी तथा जङ्गली बुट्यान खाने, खुला चरिचरन गर्ने विशेषता भएको पशु चौँरी हो । परम्परादेखि नै व्यवसायका लागि पालिँदै आएका चौँरी हिमाली क्षेत्रको पहिचान बनेका छन् । पोसिलो दुध दिने तथा पर्यटकको समेत आकर्षणको केन्द्र मानिन्छन्, चौँरी । चौँरीलाई बाह्रैमास खुला चौर चाहिन्छ । करिब २५ सयदेखि पाँच हजार मिटरको उचाइका चरन क्षेत्रमा जडीबुटीजन्य घाँसे मैदानको प्राकृतिक स्थानीय खर्क छन् । पहिला पहिला त्यस्ता खर्कमा प्रशस्त घाँस पलाउँथे तर अहिले घाँस उम्रन छाडेको स्थानीयको अनुभव छ । हिउँदमा हिउँ नै नपर्नु, बेमौसममा हिमपात हुनु, बढी गर्मीका कारण हिउँ पग्लिएर हिमपहिरो जानु, खर्कमा उम्रने घाँस लोप हुँदै जानु र चौँरीमा नयाँ रोगको सङ्क्रमण देखिनु जस्ता समस्या आइपरेका छन् । हाल आएर जलवायु परिवर्तनको प्रभाव खर्कको घाँसपातको उत्पादन, पोषणमा समेत परेको हुँदा पशुलाई चाहिने घाँसको मात्रा घट्दै गएको र चरन क्षेत्रको घाँसपातमा खनिज पदार्थ तथा पोषण तत्त्वको कमी हुने गरेको तथ्य विभिन्न अध्ययनबाट देखिएको छ । हिमाली क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । यस भेगका शेर्पा जातिको मुख्य आम्दानीको स्रोत त्यही नै हो । हिमाली क्षेत्रको अर्थतन्त्र धानेको चौँरीपालन व्यवसाय पछिल्लो समय सङ्कटमा पर्दै गएको पाइन्छ । यहाँका स्थानीय बिस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन् । घाँसको अभावले गर्दा त्यहाँका बासिन्दा व्यवसाय फेर्न थालेका छन् । बिदेसिने क्रम बढ्नुका साथै परम्परागत व्यवसायबाट लाभ कम हुन थालेसँगै व्यवसाय परिवर्तनको अवस्थामा यहाँका बासिन्दा छन् । बिस्तारै हिमाली जिल्लामा नै हिउँ कम पर्न थालेको पाइन्छ । हिउँ कम पर्दै जाँदा कृषि र पशुपालनमा लागेका किसानसमेत मारमा परेका छन् । हिमाली भेगमा पानी भनेकै हिउँ हो । हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन पनि सम्भव हुँदैन । जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रूपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरूप कालापत्थर बन्ने छन् भने भविष्यमा यस्ता खर्क, मरुभूमिमा परिणत हुने छन् । चौँरी चरनका लागि खर्क अनिवार्य मानिन्छ । खर्क नीति, २०६८ लाई आवश्यक परिमार्जनसहित लागु गर्नुपर्ने, चरन क्षेत्र तथा खर्कमा अखाद्य तथा विषालु झारपातको वृद्धिलाई नियन्त्रण गर्ने, आवश्यकता अनुसार चरन, पशु आहारा, घाँस विकास केन्द्रको स्थापना गरी कार्यक्रम बनाउन आवश्यक देखिएको छ । यस क्षेत्रमा रहेका खाली पाटनलाई आधुनिक चौँरीखर्कको रूपमा पनि विकास गर्न सकिन्छ । हालैका वर्ष अधिकांश युवा पुस्ताको चौँरीपालन व्यवसायमा आकर्षण घट्दै गइरहेको परिप्रेक्षकमा अत्याधुनिक तवरबाट व्यावसायिक रूपमै चौँरीपालन गर्नेतर्फ सम्बन्धित निकायले पनि ध्यान दिनु जरुरी छ । चौँरीपालन अन्य पशुपालन व्यवसायभन्दा अलि फरक हुन्छ । चौँरी राख्ने स्थानलाई चौँरी गोठ भनिन्छ । चौँरी गोठ, मानव बस्तीभन्दा टाढा र खर्क अर्थात् चरन क्षेत्रको पायक पर्ने स्थानमा राखिन्छ । चौँरी गोठलाई गर्मी याममा उपल्लो भूभागमा त जाडो याममा तल्लो भूभागमा सार्ने गरिन्छ । चौँरीपालक कृषकको दिनचर्या बिहान उज्यालो भएदेखि साँझसम्म चौँरीको दुध दुहुने, तताउने, घिउ निकाल्ने, छुर्पी बनाउने, चौँरीको स्याहारसुसार गर्ने, चौँरी चराउने, चौँरीलाई दाना पानी, खुवाउने जस्ता कार्य गरी चौँरी गोठ र चौँरी खर्कको वरपरमै बित्ने गर्छ । यसरी बाहिरबाट झट्ट हेर्दा चौँरी र चौँरी गोठको संसार अलि फरक जस्तो लाग्छ । चकमन्न र अनकन्टार जङ्गलको बिचमा रहेको चौँरी गोठ । त्यससँगै रहेको वन जङ्गल, चरन भूमि, चौँरीखर्क । नजिकैका कलकल सुसाइरहने खोला, खोल्सी । रातको समयमा त झन् चकमन्न अँध्यारो । निरन्तर कुकुर भुकेको आवाज । अधिकांश नेपालका चौँरी गोठ सडक, बिजुली बत्तीको पहुँचबाट टाढा छन् । हालैका दशकमा भएको भौतिक विकास र आधुनिकीकरणले अहिलेका युवा पुस्तालाई चौँरीपालन तर्फ आकर्षण गर्न सकेको छैन । हालैका वर्षमा भइरहेको विश्वव्यापीकरण, आधुनिक जीवनशैली, वैदेशिक रोजगारीका अवसर, होटल व्यवसाय, देशमा पर्वतारोहण र पर्यटनका क्षेत्रमा शेर्पालाई सिर्जना भएका अवसरले गर्दा एक त हिमाली क्षेत्रबाट शेर्पाको बसाइसराइ पनि उच्च रहेको छ भने युवा पुस्ता अन्य विकल्पको खोजीमा अन्यत्र जाने प्रचलन पनि बढेको छ । फलस्वरूप शेर्पाको परम्परागत पेसाका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्दै जान थालेको पाइन्छ । जसका कारण विगतको तुलनामा चौँरीपालन व्यवसायमा नराम्रोसँग गिरावट आएको छ । बर्सेनि चौँरीको सङ्ख्या घट्दै गइरहेको छ । हिमाली पहिचानसँग जोडिएको चौँरी गाईको दुधबाट बन्ने छुर्पी, दुर्खा, याक चिज, घिउ, पनिर, चमर, याक तथा चौँरीको रौँबाट बन्ने छेरालगायत दुग्धजन्य पदार्थको उत्पादनमा गिरावट आउन थालेको छ । सारांशमा भन्नुपर्दा आजभोलि चौँरीपालन व्यवसाय बाध्यतामा परिणत भएको देखिन्छ । अहिलेको युवा पुस्ताले चौँरी व्यवसायभन्दा अन्य फरक वैकल्पिक व्यवसायमा संलग्नता जनाउँदै जानु पनि चौँरी व्यवसाय सङ्कटमा पर्दै जानु भन्ने बुझिन्छ । तसर्थ, चौँरीपालन व्यवसायलाई आधुनिकीकरण गर्दै, युवा पुस्तालाई यस पेसातर्फ आकर्षण बढाउँदै जान सके सम्भावना भने धेरै नै देखिन्छ ।
निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनामा समेट्न सकिने विषयवस्तुमा सुझाव दिन आह्वान गरेको छ । आयोगले २०८१/८२ देखि २०८५/८६ को पञ्चवर्षीय रणनीतिक योजना तयार गर्दै छ ।
रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नमुना (कृष्णलाल) पार्क निर्माण गरिएको छ । नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्मस्थल कठजोरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो ।
त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य आज पनि जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीसहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको दोस्रो दिनदेखि खोजी कार्य जारी राखेको हो ।
इलामको सूर्योदय नगरपालिकाको फिक्कल अस्पतालमा बायो केमेस्ट्रीको पूर्ण स्वचालित ‘एनालाइजर मेसिन’ जडान गरिएको छ । नगरले नागरिकको स्वास्थ्यलाई दृष्टिगत गर्दै अत्यन्तै छिटो परीक्षण रिपोर्ट दिने गरी बायोकेमेस्ट्रीको पूर्ण स्वचालित एनालाइजर मेसिन जडान गरेको हो ।
गोरखापत्र संस्थान र नबिल बैङ्कको साझेदारीमा फोटो प्रदर्शनी सुरु भएको छ । बैङ्कको ४० औँ वार्षिकोत्सवको अवसर पारेर बैङ्कको केन्द्रीय कार्यालय दरबारमार्गमा शुव्रmबारदेखि फोटो प्रदर्शनी सुरु गरिएको हो ।
दिगो विकासको लक्ष्य हासिल गर्न बैङ्कले थप लगानी बढाउँदै जानुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपत्का घटनाबाट दुई लाख ३३ हजार १९० जनसङ्ख्या प्रभावित हुन सक्ने आकलन गरिएको छ । बाढी, पहिरो जस्ता मनसुनजन्य विपत्का घटनाबाट ५३ हजार ३६२ घरधुरीका मानिस प्रभावित हुन सक्ने
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि विसं २०७३ चैत २२ गते शिलान्याससमेत भयो । तर आठ वर्ष बितिसक्दा उक्त काम शिलान्यासमै सीमित भयो ।
कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुदका लागि ३५ खेलमा ४१९ स्पर्धा प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा आयोजित बैठकमा सो प्रस्ताव गरिएको हो ।
नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन गरिएको छ । साफका अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै तालिका परिवर्तन गरिएको हो ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
मुगु जिल्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि दैनिक लोडसेडिङ हुँदा यहाँका नागरिकले सास्ती खेप्नु परेको छ । पछिल्लो पटक मुगु प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबिच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।
बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृहमा पटक पटक हुने गरेको झडप, कुटाकुट र विवादको प्रमुख कारण लागुऔषध नै रहेको पाइएको छ । बालबन्दी सुधारका लागि स्थापना गरिएको सो बाल सु