राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी, सुन तस्करीका आरोपित तथा निर्मला हत्याकाण्डका दोषीलाई छानविन तथा पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गर्नुभएको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।
बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो ।
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ ।
सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमानत आदेश दिएको छ ।
जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तत्कालीन सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई दलबिच भएको भनिएको सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भएको बताउनुभएको छ ।
झापालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताउनुभएको छ ।
आर्थिक वर्ष २०८०-८१ मा डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताउनुभएको छ
बङ्गलादेशको राजधानी ढाका र देशका अन्य स्थानका विद्याथी सरकारी जागिरमा दिइएको कोटा प्रणालीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।
कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राती देवर कुलबहादुरलाई भन्नुभएको थियो, ‘‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’’
गोरखाको शहिद लखन गाउँपालिकाको नाम्जुङ तीनमाने सडक खण्डको चिसापानीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।