निर्माण व्यवसायी सरकारको विकास निर्माणको काम गरेबापतको भुक्तानी नपाएपछि आन्दोलित भएका छन् । विभिन्न क्षेत्रमा निर्माणको कार्य गरेर पूरा भइसक्दा पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले भुक्तानी
हवाई सुरक्षा संवेदनशीलताका कारण देखाउँदै निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले नलिञ्चोकको हेलिपोर्टबाट हेलिकोप्टर उडान बन्द गरेका छन् । हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवा
अविरल वर्षा, मस्त निद्रामा रहेका यात्रु अनि आफ्नै गतिमा गन्तव्यतर्फ चलिरहेको यात्रुबस त्रिशूलीमा डुब्दा वीरगन्ज–काठमाडाँै रुटको बसमा सवार एकै परिवारका तीनसहित १४ जना बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोमा परी पर्साका १४ जना बेपत्ता भएका हुन् ।
सत्ता सहकार्यमा जोडिनुभएका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) का नेता तथा सांसदहरुले नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राति दावी पेश गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान भए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली महाराजगन्जस्थित राष्ट्रपति कार्यालय पुग्नु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।
एसियाका सबैभन्दा धनी मुकेश अम्बानीले आयोजना गर्नुभएको भव्य तीन दिने विवाह समारोहमा सहभागी हुन शुक्रबार देखिनुभएका विश्वव्यापी सेलिब्रेटीहरूमध्ये सोसलाइट दिदीबहिनी किम र ख्लो कार्दासियन पनि हुनुहुन्थ्यो ।
प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार छोडेर निजी निवास खुमलटार पुग्नुभएको छ।
बिदाइ सम्बोधनमा उहाँले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा नीति, कानुन र संरचनात्मक परिवर्तन गर्न, दूरसञ्चार क्षेत्रमा रहेको अघोषित सिण्डिकेटको अन्त्य गर्ने महत्त्वपूर्ण काम गरेको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भए लगत्तै उहाँले नयाँ सरकार गठनका लागि कानुनविद्सँग परामर्श थाल्नुभएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्म मन्त्रिपरिषद्ले गर्ने कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोक्नुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिन जरुरी रहेको बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थाल्नुभएको छ । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो ।
यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् ।
नेपाली क्रिकेटर आसिफ शेखले टी–२० विश्वकपमा अनुभवी टिमसँग खेलेर आत्मविश्वास बढेको बताउनुभएको छ ।