ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल, म्याट्रेसलगायतका सामग्री वितरण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र चल्ने १२० वटा एम्बुलेन्समा ट्याकिङ सिस्टम जडान गरिएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकामा शुक्रबार बिहान एउटा हात्ती मृत फेला परेको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।
अपिनाम्पा संरक्षण क्षेत्रको कालागाड खोलामाथि निर्माणाधीन बहुउद्देश्यीय झोलुङ्गेपुलमा पर्यटकीय आकर्षण बढ्दै गएको छ । दुहुँ गाउँपालिका केन्द्रनजिकै रहेको झोलुङ्गेपुलले खर्रा र चल्लेगाडालाई जोड्नेछ । ३७२ मिटर लम्बाइको सो पुल १९० मिटर उचाइमा छ । अग्लो र लामो पुल भएकाले चिसो हावा लाग्ने गर्छ । सोही कारणले समेत स्थानीयका लागि झोलुङ्गेपुल आकर्षणको केन्द्र बनेको छ । दार्चुलाकै सानो तर पर्यटकीय हिसाबले महŒवपूर्ण दुहुँ गाउँपालिकामा साहसिक पर्यटक भिœयाउने योजना गाउँपालिकाको छ । सो पुलमा बन्जीजम्पसमेत जडान गर्ने योजना छ । दार्चुला सदरमुकाम खलङ्गाबाट करिब दुई घण्टा गाडी यात्रापछि यो पुलमा पुग्न सकिन्छ ।
अन्य समयमा नियमित रूपमा यातायात सेवा सञ्चालन हुने पहाडी जिल्लाको दुर्गम गाउँबस्ती र सदरमुकामलगायत सहरी क्षेत्रबीचको सम्बन्ध वर्षात्का कारण अवरुद्ध भएको छ । वर्षात् सुुरु हुनासाथ सडक बाढीपहिरोले बगाउने र कच्ची सडकमा हिलो जम्ने भएकाले यातायात सेवा नियमित सञ्चालन नहुँदा यस्तो समस्या आएको हो ।
कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । १२औँ नगर सभाको दोस्रो बैठकले बुद्धनगरी कपिलवस्तुलाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय गरेको हो । बुद्धको माध्यमबाट प्राचीन नगरी कपिलवस्तुको चिनारी र पर्यटकीय विकासका लागि यस्तो निर्णय गरिएको नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले नगरपालिकालाई सांस्कृतिक नगर बनाउने प्रक्रिया पनि अघि बढाइसकेका छौँ र अब ठोस पहल गर्र्दैछौँ ।” सो नगर सभाबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नगरपालिकाको ९३ करोड ८४ लाख ७२ हजार बजेट पारित भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । क्यानडासँग जुलाई ४ र ५ तारिख एकदिवसीय सिरिज खेल्नुअघि नेपालले ओन्टारियोसँग अभ्यास खेल खेल्न लागेको हो ।
तनहुँको व्यास नगरपालिका–१४, केशवटारका ५६ घरपरिवारलाई लालपुर्जा प्रदान गरिएको छ । नापी कार्यालयले ‘गाउँब्लक’ अन्तर्गत लालपुर्जा वितरण गरेको हो । साबिकको केशवटार गाउँ विकास समितिअन्तर्गत १३ वटा गाउँब्लकको नापी सम्पन्न गरी सो कार्यालयले ५६ घरपरिवारलाई लालपुर्जा वितरण गरेको हो । गाउँब्लकअन्तर्गत नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताउनुभयो । सबै घरपरिवारलाई पुर्जा वितरण गर्ने योजना नापी कार्यालयको छ ।
आईएमई पे एपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित ‘आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित’ आईएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आईएमई पे एपबाट तिर्ने सेवाग्राहीलाई अफर ल्याएको हो ।
नबिल बैङ्कले ‘नबिल दिगो बैङ्किङ’अन्तर्गत वित्तीय पहुँच न्यून भएका आमजनतालाई लक्षित गर्दै ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ । १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जाअन्तर्गत २०७९ जेठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड रुपियाँ कर्जा प्रवाह भएको र तीमध्ये करिब छ हजार महिला रहेको बैङ्कले जानकारी दिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दक्षिण एसियाली राष्ट्र पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले एक विज्ञप्ति निकाल्दै १५ महिनापछि पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान चुनौतीको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभएको छ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार छलफल गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।
पाँच दिनदेखि अबरुद्ध रहेको कर्णालीका हिमाली जिल्लाहरुमा अबरुद्ध रहेको हवाई सेवा सुुचारु भएको छ । लगातार आन्तरिक रुढको मौसम सफा नभएको हवाई सेवा अबरुद्ध रहदै आएकोमा बिहीबार सुुधार आएपछि हवाई सेवा सुचारु भएको हो ।