सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ तयार पारेको छ।
नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ ।
बाँके जिल्लामा जग्गाको सरकारी मूल्य १५ प्रतिशतले वृद्धि भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा शुक्रबार बिहान पहिरोले बस बगाउँदा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले स्वार्थसिद्ध गर्न देशको राष्ट्रियता उधिन्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिनुभएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सम्मेलनमा छलफल भएका विषयवस्तुमा प्रभावकारीरूपमा प्रस्तुति दिनुभएको र फ्रान्सले युक्रेनलाई दिँदै आएको समर्थनमा आगामी दिनमा पनि कत्ति पनि कमी नआउने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार बताउनुभएको छ ।
त्रियुगा नगरपालिका-१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ ।
मनाङ नासो गाउँपालिका–१ तालगाउँको बस्तिमा पसेको मर्स्याङ्दी नदीको पानी । विसं २०७८ असार १ गतेको बाढी पछि बस्ती जोगाउन लगाएको पर्खाल भत्किएको थियो ।
अविरल वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको बाढीले बर्दीबास ५ स्थित पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा पर्ने बेलगाछी पुल जोखिममा पारेको छ। खोलाले सडकको दायाँतर्फ तिव्र कटान गर्न थालेपछि उक्त पुल बाढीको उच्च जोखिममा परेको हो।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकको १३ ठाउँमा गएको पहिरो हटाएर सडक सञ्चालमा ल्याइएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजीतिक स्थिरता कायम गर्न संसदका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बिच सहमति भएको स्पष्ट पार्नुभएको छ ।
सङ्घ र प्रदेश सरकारका विभिन्न कार्यक्रम अन्तर्गत मोरङका आठ वटा पालिकाले शीत भण्डार निर्माणका लागि आर्थिक अनुदान पाएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दाङ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा घोषणा भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयले सङ्घीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर गरेको छ ।