• १२ साउन २०८१, शनिबार

‘पहिरोले बगाएको बसमा सातजना भारतीय थिए’

blog

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा यात्रुवाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन एवम् उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय । तस्बिर : नेपाली सेना

मुग्लिन (चितवन), असार २८गते । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये  एकमा सातजना भारतीय नागरिक रहेका खुलेको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी  २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राससलाई जानकारी दिनुभयो ।

हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ । सोही मार्ग भएर काठमाडौँबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन ।  सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन् ।

पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ । रासस


यो पनि पढ्नुहोस

चितवन दुर्घटनाका बेपत्ताको पहिचान (नामावलीसहित)

सिमलताल बस दुर्घटनाः तीनजना पौडिएर बाँचे

चितवन दुर्घटना अपडेट : गोताखोरबाट बेपत्ताको खोजी सुरु

त्रिशूलीमा खसेका दुई बस फेला परेनन्, खोजीकार्य जारी