सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङ्ग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो ।
पत्रकारिता तथा सञ्चारकर्मीका रूपमा आफ्नो परिचय बनाएका भक्त स्याङतानले कथामार्फत साहित्यिक पुस्तक प्रकाशनको द्वार खोल्नुभएको छ । हुन त साहित्यमा उहाँको परिचय नयाँ होइन, दुई दशकदेखि निरन्त
नेपाल हाम्रो राष्ट्र नेपाली हाम्रो पहिचान ।देशलाई जोगाउन युवाले गर्दै सिर्जनात्मक काम ।।अलमस्त युवा हामी अब उठ्नुपर्छ सबै एक जुट भई ।देश निर्माणका लागि पुरुषार्थ गर्नुपर्छ एक दिक्का रही ।।प्रकृति झैँ परिवर्तनका संवाहक युवा हामी ।बनौँ कर्मठ , क्रान्तिकारी , इमानदार र ज्ञानी ।।युवाहरू नजागे मातृभूमि सङ्कटमा पर्दै छ ।नेताहरू मिलीजुली देश बेच्ने विचार गर्दै छ ।।समाजका युवाहरू रक्सी चुरोटमा हराए ।आमाबाबा नखाऊ बाबु भन्दै दिनरात कराए ।।आजका युवा तिमी भोलि देशको कर्णधार बन्नेछौँ ।उल्लेखनीय काम गरी जन-जनको दिलमा बस्नेछौँ ।।विदेश पलायन भए युवाहरू कति कति ।युवा नै हुन राष्ट्रियका अमूल्य सम्पत्ति ।।युवा मलहमपट्टि गर देशको घाउ निको पार्न ।बुढापाका घरमा बसे अगाडि बद देशलाई सपार्न ।।अब जागौँ युवा शक्ति देशको निर्माणमा ।देश डुब्न लाग्यो अगाडि बद अभियानमा ।।युवा देशका लागि विद्रोही बनी अगाडि सर्छन् ।तर हन्टर खाई धुरु - धुरु रोई खाडीमा पर्छन् ।।युवा भविष्यको खोजी खाडीमा न गर ।आफ्नै देशमा पुरुषार्थ गरी देश कल्याणको काम गर ।।जुटौँ सबै युवा हामी काँधमा काँध मिलाएर ।देश विकास गर्न वीर बनी भरोसा दिलाएर ।।
निकै बितेछन् दिन, मास, वर्ष, चल्दैगयो यो मनमा विमर्श
शुक्रबार बिहान पहिरोसँगै बगेर त्रिशूली नदिमा बेपत्ता भएको बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको छ ।
काठमाडौँको ठमेलमा चढेको जिपले सात घण्टामा गोरखाको माछाखोला पु-याइदियो । पैदल यात्रा यहीँबाट सुरु भयो । गन्तव्य हो चुम उपत्यका । बिहानको सिरसिरे बतासको आनन्द लिँदै हान्निँदै छौँ हामी । खोर्ला
आदिकवि भानुभक्त आचार्यलाई सम्झने मौसम प्रत्येक वर्ष मनसुनसँगै आउने गरेको छ । भानुलाई यो मौसममा मात्रै सम्झने भनेको यो एकप्रकारको कर्मकाण्डी व्यवहार नै हो । तै तै यत्ति भए पनि धर्म निर्वाह भएकै छ
माथि उल्लिखित विषय पत्रपत्रिकामा आएका समाचारका शीर्षक हुन् । सञ्चार माध्यममा कृषि क्षेत्रको यो विषयले पटक पटक प्राथमिकता पाएको छ । कहिले विषादी प्रयोगका विषय, कहिले आन्तरिक बजारमा विषादी परीक्षणको विषय, कहिले सीमा नाकामा विषादी परीक्षणको विषय । स्वच्छ खाद्य वस्तु खान पाउन सबैको नैसर्गिक अधिकार पनि हो । रासायनिक विषादी मानव स्वास्थ्य र पर्यावरणीय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसप्रति धेरै चासो हुनु स्वाभाविक पनि छ ।
विद्वान्हरूले साहित्यलाई विभिन्न रूपले व्याख्या एवं परिभाषित गरेका छन् । ग्रिक दार्शनिक प्लेटोले उनको पुस्तक ‘दी रिपब्लिक’ मा बताए अनुसार साहित्यमा वर्णित संसार सत्यबाट टाढा हुन्छ भनेका छन् र उनी साहित्यलाई स
नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) ले दैलेखको गुराँस गाउँपालिकाका कारण कृषि उद्यमीले आत्महत्याको प्रयास गरेको दाबी गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुँदे सुझाव नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेको छ ।
अविरल वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको बाढीले बर्दीबास–५ स्थित पूर्व–पश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा पर्ने बेलगाछी पुल जोखिममा पारेको छ । खोलाले सडकको दायाँतर्फ तीव्र कटान गर्न थालेपछि पुल बाढीको उच्च जोखिममा परेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
मणिपाल शिक्षण अस्पताल पोखराले उच्चस्तरीय सेवासहितको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा ल्याएको छ । झन्डै ३७ करोड रुपियाँको लागतमा निर्माण गरिएको सघन उपचार कक्षमा लेबल ३ को ७२ श-याको निर्माण भएको हो । अस्पतालले यसअगाडि पनि ९२ वटा श-याको सेवा प्रदान गरेको थियो । अब अस्पतालसँग १६६ श-याको सघन उपचार कक्ष भएकोे छ ।