सुनसरीको धरानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाको आधारमा अवैध लागूऔषध र नियन्त्रित औषधीसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्याकेज-३ को काम प्रभावित भएको छ । प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।
असार २८ गतेसम्म कोशी प्रदेशमा ६१ दशमलव ६७ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको असार २८ गतेसम्म ५५ दशमलव ९० प्रतिशत रोपाइँ भएको थियो ।
बारेकोट गाउँपालिका–१ बयालगाउँ । गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रविन्दु रहेको यो वडामा भूकम्पबाट घर भत्किएपछि पीडित भएका स्थानीयबासीहरुले अस्थायी टहरा निर्माण गरी सोही ठाउँमा बस्दै आएका छन् ।
आराध्यदेव भगवान् पशुपतिनाथ विराजमान रहेको पाशुपत क्षेत्र । पशुपतिनाथ मन्दिर परिसरनजिकै वनकालीमा आउँदो साउन १ गतेदेखि एक महिनासम्म बृहत् कोटीहोम महायज्ञ सञ्चालन हुने भएको छ ।
राष्ट्रिय विभूति एवं आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेर जन्मजयन्ती मनाइएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यकाे माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्याउनुभएको विशिष्ट योगदानको स्मरण गर्नुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
मुलुकका पुराना साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गर्नुभएको छ ।
धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ ।
पानी परेपछि जिल्लाका अधिकांश ठाउँमा किसान धान रोप्न व्यस्त छन् । मानो रोपेर मुरी उब्जाउने तयारीमा किसान जुटेपनि मलको अभावले भने समस्या गरेको छ ।
गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिका सीमामा शनिबार बिहान ११ बजे पहिरो जाँदा अबुँवा–बिर्दी–सेरा सडकखण्ड अवरुद्ध भएको छ ।
म्यान्मारका उद्धारकर्ताहरूले व्यावसायिक केन्द्र याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका १२ वर्षीया बालिकासहित पाँच जनाको शव भेटिएको स्थानीय अग्नि नियन्त्रण सेवाले जनाएको छ ।
चिनले शनिबार बालबालिकाका लागि हानिकारक मानिने सामग्री, भिडियो एप र सामाजिक सञ्जाल प्लेटफर्मलाई लक्षित गर्दै आफ्नो कडा नियन्त्रित इन्टरनेटमा नयाँ कारबाहीको घोषणा गरेको छ ।