१६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचबिखनको प्रयास गर्ने समूहलाई मानव बेचबिखन तथा ओसार-पसार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ ।
पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव भारतीय नागरिकको पहिचान खुलेको छ ।
तानसेन नगरपालिकाले १५ औँ अधिवेशनको दोस्रो बैठकबाट आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट पारित गरेको छ ।
धारिलो हतियार प्रयोग गरेर नेपालगन्जमा एक युवकको हत्या गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ निवासी ३८ वर्षीय इरसाद राईमाथि शुक्रबार राति करिब १०ः३० बजेतिर खुकुरी प्रहार हत्या गरिएको हो ।
हुम्लाको सदरमुकाम सिमकोट बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । चोरी तथा अन्य आपराधिक घटना नियन्त्रणमा सहजता ल्याउनका लागि सिमकोट गाउँपालिका र जिल्ला प्रहरी कार्यालय हुम्लाको सहकार्य र समन्वयमा क्यामरा जडान गरिएको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका –१७, रानिगन्जमा खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३० को खुदीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।
अन्न भण्डार जिल्लाको रूपमा चिनिने कैलालीमा यसवर्ष गतवर्षकै हाराहारीमा चैते धान उत्पादन भएको छ । यहाँ यस वर्ष पाँच हजार ७२० मेट्रिक टन धान उत्पादन भएको छ ।
म्याग्दीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत आर्थिक वर्ष २०८०/८१ मा एक सय ६६ योजना निर्माण गरिएका छन् ।
भरतपुर महानगर पालिका वडा नम्बर २९ सिमलतालबाट यात्रुसहित दुई वटा बस बेपत्ता भएको दोस्रो दिन पश्चिम चितवनको मेघौलीको गोलाघाटमा एउटा शव भेटिएको छ ।
मनको शून्य र मनोरम भाव कसैले जान्दैन । कहिलेकाहीँ नसोचेको कुरा मनमा आएर अनायास डेरा जमाएर बस्छ । एउटा आकाशमा निलो, रातो, पहेँलो, सेतो र कहिले इन्द्रेणी जस्तै सप्तरङ्गी भएर । यस्तै विचार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
आज उसलाई केही खोज्नु थियो तर के ? यो निक्र्योल भएको थिएन । यसैले त्यही केही कुराको खोजीमा बाहिर निस्कियो ऊ । घरको गेटबाट बाहिर निस्क्यो र एक पटक टक्क अडिएर सोच्यो–
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा १२ वर्षदेखि मानव र चितुवाबिच द्वन्द्व चलिरहेको छ । यस द्वन्द्वमा बैतडीको तल्लो स्वराड क्षेत्रमा तीन वटा पालिका मेलौली नगरपालिका, शि
आज बिहान आएको पहिरोका कारण कर्णाली कोरिडोर अवरुद्ध भएको छ । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।