• ११ मंसिर २०८१, मङ्गलबार

कर्णाली कोरिडोर अवरुद्ध

blog

कालीकोट, असार २९ गते । आज बिहान आएको पहिरोका कारण कर्णाली कोरिडोर अवरुद्ध भएको छ । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिनुभयो । “लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ”, उहाँले भन्नुभयो । कर्णाली कोरिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रूपमा चल्न नसकेको उहाँले बताउनुभयो । 

यसैगरी कर्णाली कोरिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।