• १३ साउन २०८१, आइतबार

खुकुरी प्रहार गरेर नेपालगन्जमा युवकको हत्या

blog

खुकुरी प्रहारबाट प्रहार गरिएपछि मृत्यु भएका इरसाद राई । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असार २९ गते ।
 धारिलो हतियार प्रयोग गरेर नेपालगन्जमा एक युवकको हत्या गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ निवासी ३८ वर्षीय इरसाद राईमाथि शुक्रबार राति करिब १०ः३० बजेतिर खुकुरी प्रहार हत्या गरिएको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते राईलाई राति नै भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार मोटरसाइकलमा आएका दुई जनाले खुकुरी प्रहार गरी राई को हत्या गरेको जानकारी प्राप्त भएको छ ।

हत्या गर्ने समूहको पहिचान नभए पनि समूहले प्रयोग गरेको से ७ प ४२५३ नम्बरको मोटरसाइकल फेला परेकाले छिट्टै पहिचान हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘हत्या गर्ने व्यक्तिको पहिचान भएको छैन, तर हामीले एउटा मोटरसाइकल फेला पारेका छौँ र एक जना व्यक्तिलाई समेत पक्राउ गरेका छौँ, सोही आधारबाट हामी हत्यारा पक्राउ गर्न नजिक पुगिसकेका छौँ ।’’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागुऔषध दुर्व्यसनीकर्ताबिच आपसमा विवाद भएको थियो । झगडा र विवाद मिलाउन गएका राईमाथि नै खुकुरी प्रहार हुँदा उहाँको मृत्यु भएको छ ।

हत्यामा संलग्नहरूको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

यसैबिच मृतकका आफन्तहरूले हत्याको विरोध गर्दै हत्यारालाई पक्राउ गरेर तत्काल सार्वजनिक गर्ने माग गर्दै शनिबार बिहानदेखि टांगा स्टेन्ड नजिक सडक जाम गरेर नाराबाजी गरिरहेका छन् ।