• १२ साउन २०८१, शनिबार

झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

blog

फाइल तस्बिर

भद्रपुर (झापा), असार २८ गते । झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गर्नुभयो । 

कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने गरी अभियान अगाडि बढेको बताउनुभयो । यही असार ३० गते प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्न लागिएको जानकारी दिनुहुँदै उहाँले यस कार्यमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयसेविकाले गरिरहनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो । 

जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक विश्वनाथ बरालले पूर्ण खोप सुनिश्चित कार्यलाई निरन्तरता दिन सबैले योगदान र भूमिका खेल्नुपर्ने बताउनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जिल्लाका १५ वटै स्थानीय तहबाट प्राप्त तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताउनुभयो । 

उहाँले राष्ट्रिय खोप तालिकानुसार झापा जिल्लाभरिका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि यस्तो घोषणा गरिएको जानकारी दिनुभयो । बाराकोटीका अनुसार यहाँ रहेका दुई सय ८७ खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसैगरी स्वास्थ्य कार्यालय झापाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुन लागेका २६ महिला स्वास्थ्य स्वंयसेविकालाई नगद २० हजारसहित सम्मान गरेको छ । यस्तै सबै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वस्थ्यकर्मीबाट एक÷एक जनालाई सम्मान गरिएको छ । रासस