• १२ साउन २०८१, शनिबार

साफ गेमको तालिका परिवर्तन

blog

काठमाडौँ, असार २९ गते । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन गरिएको छ । साफका अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै तालिका परिवर्तन गरिएको हो ।

तालिका परिवर्तन भएसँगै प्रतियोगिता यसअघि तय भएको मितिभन्दा दुई दिनपछि सुरु हुने भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा नेपालले उद्घाटन खेल १८ अगस्तमा श्रीलङ्कासँग खेल्ने जनाइएको छ । यसअघि उद्घाटन खेल १६ अगस्तमा हुने तय थियो । नेपालले प्रतियोगिताको दोस्रो खेल २२ अगस्तमा बङ्गलादेशसँग खेल्ने छ ।

समूह ‘ए’ मा रहेको नेपालले श्रीलङ्का र बङ्गलादेशसँग खेल्ने छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । समूह चरणपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।