• १२ मंसिर २०८१, बुधबार

पञ्चवर्षीय रणनीतिक योजनामा सुझाव माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २९ गते । निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनामा समेट्न सकिने विषयवस्तुमा सुझाव दिन आह्वान गरेको छ । आयोगले २०८१/८२ देखि २०८५/८६ को पञ्चवर्षीय रणनीतिक योजना तयार गर्दै छ । 

आयोगका प्रवक्ता रघुराम विष्टले साउन ७ गतेभित्र रणनीतिक योजनाको मस्यौदामा सङ्घ, संस्था, निकाय, व्यक्ति तथा आमसञ्चारमाध्यमलाई सुझाव दिन आग्रह गरिएको बताउनुभयो । आयोगले निर्वाचन व्यवस्थापनका असल अभ्यासको अध्ययन तथा अवलोकन, अघिल्लो रणनीतिक योजनामा सम्पन्न हुन नसकेका व्रिmयाकलाप र थप समावेश गर्नुपर्ने विषयको समीक्षा गर्दै मस्यौदा तयार गरेको छ । प्रवक्ता विष्टका अनुसार रणनीतिक योजनामा पाँच वटा रणनीतिक स्तम्भ, ३२ वटा कार्यनीति र १२९ वटा व्रिmयाकलाप कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।