• १३ साउन २०८१, आइतबार

प्यालेस्टिनी भूमिमा इजरायली कब्जाबारे सल्लाहकार राय दिन अदालतको आदेश

blog

द हेग (नेदरल्याण्ड), असार २९ गते । अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा जुलाई–१९ मा सल्लाहकार राय दिने घोषणा गरेको छ ।

हेगस्थित आईसीजेको सिट पिस प्यालेसमा जुलाई –१९मा सार्वजनिक सत्र हुनेछ, जहाँ अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले सल्लाहकार राय पेस गर्नु हुने छ ।

फेब्रअरीमा आईसीजेमा सार्वजनिक सुनुवाइका क्रममा प्यालेस्टाइन, ४९ संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू लगायत तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूले मौखिक बयानहरू प्रस्तुत गरेका थिए ।

सुनुवाइमा, प्यालेस्टाइनी संयुक्त राष्ट्रका दूत रियाद मन्सुरले आईसीजेलाई प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जालाई अवैध घोषणा गर्न आग्रह गर्नुभएको थियो । फैसलाले कब्जाको तत्काल अन्त्ये, न्यायपूर्ण र स्थायी शान्तिको स्थापनाको लागि मार्ग प्रशस्त गर्ने कुरामा जोड दिएको छ ।

सुनुवाइमा भाग नलिई, इजरायली प्रधानमन्त्रीको कार्यालयले सुनुवाइको वैधतालाई अस्वीकार गरी एक बयान जारी गर्दै इजरायलको स्वतन्त्रता र आत्मरक्षाको अधिकारलाई अझ कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ ।  रासस/सिन्ह्वा