राजन रावत
हुम्ला, असार २९ गते । नेकपा (एमाले) हुम्लाको जिल्ला कमिटीले पूर्णता पाएको छ । अधिवेशनपछि चयन हुन नसकेको मनोनीत जिल्ला कमिटी सदस्य, सचिवालय गठन, विभाग गठन र सल्लाहकार समिति गठन भएपछि कमिटीले पूर्णता पाएको हो ।
दसौँ जिल्ला अधिवेशनपछि चयन हुन नसकेका जिल्ला कमिटीका १२ जना सदस्य चयन गर्ने कार्य भएको एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । अधिवेशनबाट ९५ सदस्य जिल्ला कमिटीमा पदाधिकारीसहित चयन हुनुभएको थियो । अब मनोनीत हुन दुई जना मात्र बाँकी रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी जिल्ला अध्यक्ष ज्ञानी बुमीको अध्यक्षतामा २२ सदस्यीय सचिवालय पनि गठन गरिएको उपाध्यक्ष शाहीले बताउनुभयो । सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा सम्पन्न भएको दोस्रो पूर्ण बैठकले नौ वटा विभाग गठन गरेको छ ।
गठन गरिएका विभागमा अनुशासन, लेखा, सङ्गठन, प्रशिक्षणलगायत रहेका छन् । त्यसैगरी बैठकले सल्लाहकार समिति पनि गठन गरिएको छ । यसको संयोजकमा रहनु भएको छ । बैठकमा एमाले हुम्लाका अध्यक्ष बुमी, उपाध्यक्ष शाही, सचिव तीर्थराज बोहरा, सहसचिव प्रतीप लामा लगायत जिल्ला कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य र गाउँपालिका कमिटीका अध्यक्षको उपस्थिति थियो ।