सहरको घना बस्तीको माझमा एउटा आलिसान महल छ । घर भने चार तलाको छ । त्यस घरको वरिपरि सुन्दर सुन्दर फूलका गमलाहरूले सजाएका छन् । सङ्घारमा दुवैपट्टि गमलामा गुलाफका बिरुवा छन् । साथै एउटा मनमोहक बगैँचा पनि छ । घरको रङ सेतो छ । ढोका र झ्यालमा पहेँलो रङको पर्दा छ । त्यस घरको बाटो गरी हिँड्ने मानिस त्यो घरतर्फ आकर्षित हुन्छन् । त्यो घर बाहिरबाट हेर्दा कति सुन्दर देखिन्थ्यो त्यति नै भित्रबाट हेर्दा पीडा बोध हुन्थ्यो । त्यस घरमा शान्ति थिएन । अशान्ति– अशान्तिको धुन गुञ्जिरहन्थ्यो त्यो घरमा ।
बाहिरबाट हेर्दा पूणर््िामा सम्पन्नशाली र शक्तिशाली देखिन्थिन् तर उनी भित्रबाट उनी एकदमै दुःखी थिइन् । मानसिक रूपले सधैँ तनाव झेल्नुपरेको थियो उनलाई !
पूर्णिमा हुन् त्यस घरकी गृहलक्ष्मी । तिनी शिक्षित र गुणवती थिइन् । तिनी सुन्दरी मात्र नभई ३२ लक्षणले युक्त नारी थिइन् । भद्र र सुशील नारी । उनमा स्त्रीसुलभ सौन्दर्य थियो । उनी सधैँ घरको कामको साथै सामाजिक कार्यमा व्यस्त हुन्थिन् । बचेको समयमा साहित्यिक कृितहरू रच्ने कार्यमा व्यस्त हुन्थिन् । अहोरात्र उनी मेहनत गर्थिन् । घरको काममा पनि उत्तिकैै हाड घोड्थिन् । बिहान सबेरै उठेर पूजापाठ गर्ने, भजनकीर्तन गर्ने र घरको काम सबै सकेर पढाइ लेखाइ गर्ने उनी अद्भुत नारी थिइन् । समाज माझ उनी उदारणीय नारी बनेकी थिइन् ।
उनी साह्रै मेहनती र परिश्रमी थिइन् । उनको गुणको ठिक उल्टो उनको श्रीमान् भने रिसाहा र हिंस्रक थिए । श्रीमतीको भावनालाई कहिल्यै कदर गर्दैनथे । एकदमै जिद्दी र घमण्डी थिए । उनमा सहयोगी भावना थिएन ।
उनको पतिको नाम हो पुष्कर । पुष्करले पत्नी पूर्णिमालाई बेला बेलामा मनसिक र शारीरिक पीडा दिने गदर्थे । रिस उठ्यो कि ‘घरबाट निक्ली जा, खुट्टा भए जुत्ता हजार’ भनेर मानसिक यातना दिने गर्दथे । उनी आफ्नी जीवनसङ्गिनीलाई वस्तुको रूपमा दुव्र्यवहार गर्दथे । सधैँभरि पीडा दिइरहन्थे । घरमा उनको स्थान दासीको भन्दा पनि निम्न थियो । उनलाई साह्रै पीडा दिन्थे ।
छोराछोरीहरूले पनि बाबुले जस्तै व्यवहार गर्दथे । उनको घरमा भने मान मर्यादा भने थिएन । पतिले भने झुटो आरोप, लाञ्छना लगाएर छोराछोरीलाई भने हात लिन्थे र उनीहरू सबै मिलेर झनै हिंसा गर्थे । छोराछोरीको बाल मनस्थितिमा गहिरो प्रभाव पारेर उनी पत्नीलाई सदा पीडा दिइरहन्थे । बच्चाहरूलाई उनी सानैदेखि आमाविरुद्ध भड्काइरहन्थे । यसबाट पूर्णिमा झनै दुःखी हुन्थिन् ।
पूर्णिमा भने आफ्नो पतिलाई एक असल मिलनसार पति बनाउँन चाहन्थिन् । उनी परिवारको हिंसा सहेर पनि आफ्नो पतिलाई सपार्न चाहन्थिन् । सदा घरमा शान्ति होस् भनेर ईश्वरसँग प्रार्थना गरिरहन्थन् उनी ।
त्यसैले उनले हिंसालाई सहेर दबाउँदै आइरहेकी थिइन् । तर उनको पतिको कहिल्यै सद्बुद्धि आएन । पूर्णिमा भने एकदमै धार्मिक नारी, शान्तिकामी थिइन् ।
त्यसैले उनले घरमा शान्ति छाएको हेर्न चाहन्थिन् । धर्म सञ्चार भएको हेर्न चाहन्थिइन् । उनको ठिक उल्टो उनका पति भने नास्तिक थिए । धर्ममा आस्था थिएन ।
उनका पति भने एउटा एउटा निहुँमा अशान्ति मच्चाइरहन्थे । कहिले खाना ढिलो पकाएको निहँुमा, कहिले खाना मिठो नभएको निहंँुमा, कहिले बोलेको निहँुमा, कहिले छोराछोरीलाई काम अह्राएको निहँुमा र कहिले फोनमा गफ गरेको निहँुमा र समाज सेवा आदि विविध गरेको निहँुमा शारीरिक र मानसिक यातना दिने गर्दथे ।
तर पूर्णिमा भने आफ्ना पति सप्रेको हेर्न चाहन्थिन् । एक असल पतिमा हुने गुण रक्तसञ्चार गर्न चाहन्थिन् ।
सत् कर्म र मार्गमा हिडाउँन उनी सधैँ प्रयत्नरत भइरहन्थिन् । धर्ममा भक्तिभाव जगाइरहन्थिन् ।
त्यसैले उनले जस्तोसुकै पीडा यातनालाई सहँदै आइरहेकी थिन् । पूर्णिमाको एक छोरा र छोरी छन् । उनीहरू पनि बाबाको मार्गमा पछ्याउँन चाहन्थे । उनलाई झनै पीडाबोध हुन्थ्यो । छोराछोरी पनि बाबा झैँ हिंसाको मार्गमा हिँडेकाले साह्रै चिन्ता थियो उनलाई । उनी एक ममतामयी आमा भएकाले उनी आफ्ना सन्ततीहरूलाई सत्यको मार्गमा हिँडेको हेर्न चाहन्थिन् । ईश्वरप्रति आस्थावान हुन्थिन् । सधैँ अप्रत्यासित रूपमा झुकाव राखिरहन्थिन् । उनीहरूलाई पनि आफू जस्तै धर्मप्रति लगाब राख्न पृष्ठपोषण गरिराख्थिन् । उनीहरू असल र सुःखी भएको हेर्न चाहन्थिन् । विद्वान् र गुणवान् पनि ।
पूर्णिमा घरमा तनाव हँुदा सत्यको मार्गमा एक्लै हिँड्नु पथ्र्यो । उनलाई भगवान्बाहेक साथ दिने अरू कोही पनि हुँदैनथ्यो । उनी बहुतै सहनशील नारी थिइन् । जस्तोसुकै दुःख कष्टलाई सहन सक्थिन् । उनी मीराबाई जस्तै थिइन् । मीराबाईले पनि धेरै दुःखकष्ट सहनुपरेको थियो । मीरा बाईले पनि घर परिवारबाट कष्ट झेल्नुपरेको थियो । मीराबाई भगवान्को भक्त थिइन् ।
पूर्णिमा पनि मीराबाई झैँ भगवान्प्रति आस्थावान् थिइन् । हरबखत भगवान् चिन्तन गरिहन्थिन् । दान धर्म पनि त्यत्तिकै गर्दथिन् । गरिब– पीडितहरूको सेवामा दत्तचित्त हुन्थिन् । आफूसँग भएको दान दक्षिणा दिन्थिन् । वृद्ध अशक्त र असहायहरूको सेवामा जीवन समर्पित गर्थिन् । त्यसैमा उनी रमाउँथिन् । उनी दुःख, सुखमा भगवान्लाई सम्झिन्थिन् ।
प्राचीन युगमा त सीता माताको सतित्वको चरितार्थ गर्न दन्केको अग्निकुण्डमा होमिनु प¥यो ! हे प्रभु – हामी सीताहरू कतिन्जेल हग्निकुण्डमा होमिरहनुपर्ने हो ! उनी एक नारी भएर नै होला ! प्राचीन समयमा पनि आफ्नो आदर्श परिचयका लागि ज्यानको बलि चढाइरहनु प¥यो । दन्किरहेको अग्निकुण्डमा होमिनु प¥यो । समाजको अघिल्तिर आफ्नो सतित्वको छर्लङ्ग पार्नु प¥यो । त्यो युगमा त नारीले पीडाको बोध गर्नु प¥यो । हामी त साधरण नारी ! कली युगीन नारी । जहाँ पापै पापले समाज ग्रसित छ । अधर्मको बोलवाला छ । हाम्रो पीडा कसले बुझ्ने ?
सीताको अग्निपरीक्षा किन लियौ राम किन ? पुरुषले जतिसुकै केटीसँग सम्पर्क गरे पनि या बहुविवाह गरे पनि अग्नि परीक्षा लिनु नपर्ने, विधवा भएमा हेला र तिरस्कारको जीवन बिताउनुपर्ने, स्वतन्त्र रूपमा हिँड्ढुल गर्न नपाइने, नारीहरूलाई समाजबाट मात्र नभई आफ्नो घर परिवारबाट तिरस्कृत हुनुपर्ने, हिंसा यातना सहनुपर्ने । हाम्रो हिन्दु धर्मशास्त्रमा नारीलाई उच्च सम्मान गरे पनि आज अपमानित र अपहेलित भई बाँच्नु परेको छ ।
एक नारी र पुरुषमा किन भेदभाव राम ? किन, राम किन ? म मन मनै ईश्वरसँग भनिरहन्छु । प्रश्न गरिरहन्छु ।
जुवामा हारदा दुर्योधनले द्रौपदीको चीरहरण गरेका थिए, भगवान् कृष्णले निर्वस्त्र हुनबाट बचाएका थिए, अहिल्यालाई इन्द्रले छल गरी सतित्व लुट्दा पति गौतम ऋषिको सराप पाई पत्थर भई युगौँ युगसम्म बस्नु प¥यो । रामको पाइलाले कुल्चेपछि मात्र उनले मुक्ति पाएकी थिइन् । सत्य युगदेखि कलियुगसम्म आइपुग्दा हामी नारी हिंसामा पर्दै आइरहेका छौँ । नारीहरू एउटा एउटा बहानामा बलिको बोको झैँ आफ्नो जिउँको बलि चढाउँदै आइरहेका छन् भने पुरुष भने जुगौँजुगदेखि हिंस्रक बन्दै नारीलाई पीडा यातना दिँदै आइरहेका छन् । एकाक पुरुषबाहेक हिंसा गर्दै आइरहेका छन् । ममताको र सम्मानको वर्षा बर्साएका छन् ।
हे प्रभु तिम्रो सृष्टिमा किन भेदभाव ? किन ?
नारीको पति मरेमा विधवा बस्नुपर्ने, सेतो वस्त्र मात्रै लगाउनुपर्ने, रातो पहिरन लगाउन नपाइने, सतित्वमा बस्नुपर्ने, पतिको मृत्यु सँगसँगै सति जानुपर्ने जस्ता कूप्रथा हाम्रो समाजमा परापूर्व कालदेखि चलिआएको छ, बोक्सीको आरोप र दाइजो निहुँमा नारीहरू जिउँदै जल्दै आइरहनुपरेको छ । बलत्कारको सिकार हुनुपरिरहेको छ । आफ्नो घरबाटै पनि सुरक्षित छैनन् हाम्रा छोरीचेली ।
जसको जरैदेखि निर्मूल हुन सकिरहेको छैन । नारीले सम्मानपूवर्क बाँच्न पाएका छैनन् । नारीलाई देवीको रूपमा सम्मान गर्नुपर्दछ भनेर हाम्रो धर्मशास्त्रमा भनिएको छ । हाम्रो हिन्दु धर्मशास्त्रमा भनिएको छ– “यत्र नार्यस्तु पुजयन्ते रमयन्ते तत्र देवता ।” जहाँ नारीको पूजा या सम्मान हुन्छ त्यहाँ देवताहरू पन खुसी हुन्छन् । अर्थात् जुन घरमा नारीको सम्मान हुन्छ, त्यस घरमा ईश्वरको बास हुन्छ भनेर भनिएको छ । तर यो उक्तिलाई आजको यो हिंस्रक समाजले पोलिखाइरहेछन् । पुरुषलाई चाहिँ पति परमेश्वरका हाम्रा हिन्दु नारीहरूले सम्मान गर्दै आइरहेका छन् । एकदमै थोरै आदर्श पुरुषहरूले मात्र सम्मानको फूल बर्साएका छन् । आधुनिक युगमा आएर हामी नारीहरू अझै शोषित र पीडित हुनु परिरहेको छ, हिंसा सहनु परिरहेको छ । हे परमेश्वर किन भेदभाव ? किन ? हामी नारीहरूले कतिन्जेल पीडा भोग्ने !
यसरी उनी मनमनै भगवान्सँग भनिरहन्थिन् । जीवन मुक्तिका लागि पूजा उपासना गरिरहन्थिन् ।
उनी आदर्श हुनुको साथसाथै साह्रै मेहनती र परिश्रमी नारी थिइन् । एकपछि अर्को दुःखलाई सहँदै पारिवारिक रथलाई अघि बढाउँदै आइरहेकी थिइन् । उनी एकछिन पनि चुप लागेर बस्दैनथिन् । उनी पारिवारिक हिंसा, यातना सहेर पनि आफ्नो घरलाई सुन्दर बनाउन हरबखत प्रयत्नरत थिइन् । उनलाई घरमा सहयोग गर्ने कोही पनि थिएन । त्यसैले उनको हृदय भारी थियो दाम्पत्य भारले ।
सकी नसकी पनि उनले जिम्मेवारी वहन गर्नु पथ्र्यो । घरपरिवारको अलिकति पनि सहयोग पाएकी थिइनन् । एक चिम्टी सयोगको त परैजाओस्, आफ्नै परिवारबाट अन्याय र अत्याचार सहनुपरेको थियो उनलाई ! नारी भएर जन्मिनु पीडा भोग्नलाई हो ? सृष्टि सञ्चालन गर्न हो ?
यो कुरालाई कसले बुझ्ने ? भगवान्लाई भनौँ भने भगवान् पृथ्वीलोकमा अवतरण गर्नु हुँदैन । अदृश्य रूपमा देवलोकमा हुनुहुन्छ । हामी साधरण मनुष्य, बातचित गर्न मन लाग्छ त ईश्वसँग, पीडा पोख्नु मन लाग्छ त धेरै धेरै । तर पाउँदैनन् त सबैले, बिरलै महान् भक्तहरूले मात्र ! पीडा भोगे पनि उनी एकदमै भाग्यशाली नारी पनि थिइन् । उनले भगवान्को दर्शन पाएकी थिइन् । एक पल्ट मात्र होइन, पटक पटक दर्शन पाइरहन्थिन् थिइन् उनी । मीराबाई जस्तै थिइन् उनी । बेला बेलामा ईश्वरसँग बातचित गर्थिन् । आफ्नो पीडा पोख्थिन् तर पनि उनले घरपरिवारबाट पाउने शान्ति पाउन सकेकी थिइनन् । अफैँ पनि परिवारको बानी सप्रेको थिएन । एक दिन अवश्य नै भगवान्ले तह लगााउँछन् भन्नेमा थिइन् उनी ।
एक पतिव्रता नारीले पतिबाट पाउने माया पाएकी थिइनन् । आफ्नै सन्तानहरूबाट पनि माया ममता पाएकी थिइनन् उनले । परिवारले उनका पवित्र भावनालाई ठेस पु¥याइरहे कहिल्यै बुझेनन्, उनको आदर्शतालाई । उनको माया ममतालाई । सधैँ पीडा दिइरहे । पानीबिनाको माछा झैँ छटपटी पथ्र्यो उनलाई । सधैँ सधैँ अशान्तिको आगोमा जलिरहनु पथ्र्यो उनलाई ।
उनको पति भने बेला बेलामा अशान्तिको आगो सल्काइरहन्थे भने उनी पानी बनेर निभाउन खोज्थिन् । तर बेकार बेकार भइरहन्थ्यो ।
उनी एक धार्मिक नैतिकवान् नारी भएकीले कसरी हुन्छ घरलाई शान्तिगृह बनाउँन चाहन्थिन् । घरभित्रको द्वन्द्वलाई निर्मूल गर्न चाहन्थिन् । दन्केको आगो निभाउँन खोज्थिन् । तर उनको पतिको बानी भने कहिल्यै सप्रेन । घैँटामा घाम भन कहिल्यै लागेन ।
उनको पति साह्रै घमण्डी र हिंस्रक थिए । त्यसैले पूर्णिमा दुःखी र पीडित भइरहन्थिन् । बाहिरबाट देख्दा उनी सम्पन्नशाली देखिए पनि उनी सधैँ अशान्तिमा बाँचिरहेकी थिइन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ–
हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।
अर्थात् उनी सपन्नशाली भए पनि शान्तिको सास फेर्न पाएकी थिइनन् ।
पीडा सहए पनि उनी जीवन काँडैकाँडाबिचको सुन्दर फूल सम्झन्थिन् । उनी त्यसैले धैर्यताका साथ काँडालाई कुल्चिँदै, रगतहरू निरन्तर बगाउँदै पाइलाहरू चालिरहिन्, अघि बढाइरहिन् आफ्नो कार्यलाई, आफ्नो कर्तव्य–धर्मलाई छोड्दिनथिन् । आफ्नो गृहस्थी समालिरहिन् ।
पूर्णिमाको पति भने एउटा एउटा कुरा निहुँ खोजिरहन्थे । हिंसा गरिरहन्थे । एक दिन उनको पति पुष्करले उनलाई खाना डिलो पकाएको निहँुमा मानसिक र शारीरिक यातना दिएका थिए । उनी भागेर चुकुल लगाएर सहेर बसिरहिन् । एकपल्ट कृष्णअष्टमीको दिनमा भगवान्को व्रत बस्न जोड गर्दा सामान्य रूपले अन्यायको विरुद्ध बोल्दा पूर्णिमालाई पतिले ढोका लगाएर थुनिदिए । फोनमा ठुलो स्वरले बोलेका भनी गालीगलौज गर्दै हिंसा गरेका थिए । फोनमा कुरा गर्दा पनि यातना भोग्नुप¥या उनलाई ।
त्यस्तै एक दिन सुत्केरीलाई आफूलाई खान राखेको मासु किन धेरै पठाएको भन्दै साह्रै पीडा दिएका थिए । आफू नखाने भएरै होला पीडा दिनुसम्म दिए । उनी शुद्ध साकाहारी थिइन् । भगवान्को भक्त थिइन् । त्यसैले त उनी शुद्ध आचरणमा बस्थिन् सधैँ सधैँ । उनी सधैँ सत्यमा अडिग थिइन् । ज्यान गए पनि असत्यको बाटो अँगाल्दिनथिन् । समाज सेवा गर्न उनलाई बन्देज गरियो । लुकीछिपी गर्नु प¥यो उनलाई ! दिनुसम्म पीडा उनले र छोराछोरीहरूले । यस्तो र्धािमक पुण्य कार्यमा घरपरिवारले सहायता दिनुपर्ने ठाउँमा दिनुसम्म पीडा दिए उनलाई !
गरिबगुरुवालाई केही दिँदा आगो बाल्न लागे । उनी झनै पीडामा जल्न थालिन् । पीडाले क्षण क्षणमा बौलाहा जस्तै हुन पुगेकी थिइन् उनी ।
“जो अरूलाई दुःख दिन्छ, आफू मात्रै खान्छ, ठुलाको अर्ती मान्दैन, सानालाई आदर सद्भाव गर्दैन, गृहलक्ष्मीको सम्मान गर्दैन, हत्या, हिंसा गर्न मात्र मन लगाइरहन्छ, दान, धर्म गर्दैन र ईश्वरको भक्ति गर्दैन । त्यो पापी, अधर्मी हो ।
धार्मिक प्रवचन सुन्दैन र भगवान्को प्रार्थना गर्दैन त्यो स्वार्थी, दुष्ट हो । यस कुराले पूर्णिमा दुःखित बन्दथिन् । त्यही पनि उनी आँशु पिएर बाँची रहेकी थिइन् । उनी आफ्नो पतिलाई हिंस्रक होइन एक धार्मिक बनाउन चाहन्थिन् । शान्तिवीर भएको देख्न चाहन्थिन् । तर उनको मार्गमा चल्न कहिले सद्बुद्धि आएन उनको पतिलाई । सत्य धर्मलाई लत्याइरहे । नास्तिक र तामसी थिए उनका पति । बेला बेलामा मदिरापान पनि गर्थे । धर्मकर्ममा मनै थिएन । त्यसैले उनमा राक्षस तìव हाबी थियो । त्यसैको मूल कारण उनी जहिले पनि झगडा र हिंसा गर्न रुचाउँथे । बेला बेलामा राक्षस रूप धारण गर्दै उनीमाथि बज्र प्रहार गरिरहन्थे । हात उठाउँथे, उनी भागेर ज्यान जोगाउँथिन् । भगवान्लाई प्रार्थना गरिरहन्थिन् ।
४, ५ दिनपछि उनी सप्रेलान भनेर बाटो हेरर बस्थिन् । फेरि जस्ताको तस्तै हुन्थे । उनको पतिको त्यो बानीले आजितै भइसकेकी थिइन् उनी । त्यही पनि खराब आचरण भएकाहरूलाई सपार्नु नारीको उत्तम गुण हो भनेर चुपचाप सहन्थिन् । हिंस्रकलाईं सत्मार्गमा हिँडाउन सक्नु नारीको महानता हो भनी सम्झन्थिन् । महान धर्म पनि त्यही हो ।
अज्ञानीलाई ज्ञानको ढोका खुलाउनु, सत् मार्गमा हिँडाउनु नै परम धर्म हो ।
उनले लोग्ने सप्रियोस् भनेर के के मात्र गरिनन् । कठोर कठोर व्रत बसिन् । ईश्वरसँग हात जोडिरहिन् । पूजा–उपासना त्यत्तिकै गरिरहिन् ।
आदि धार्मिक योग साधनामा पठाइन् । तर दुई, चार दिन ठिक भए जस्तो अभिनय गर्ने फेरि उही व्यवहार दोहो¥याउने गर्दथे उनको पति त्यो बानीले उनी वाक्क हुन्थिन् । फेरि पनि उनी हार खाँदैनथिन् ।
एक आइतबारको दिन तिनी एउटा दैनिक अखबार पढ्दै थिइन् । त्यो पत्रिकाको पहिलो पानामा लेखिएको थियो श्रीमान्ले श्रीमतीलाई बर्बर यातना दिएर मुखमा तेजाब खन्याएको र त्योभन्दा पनि अघिल्लो पत्रिकामा श्रीमान्ले श्रीमतीलाई मानसिक र शारीरिक यातना दिएर बीभत्स हत्या गरेको । अन्धविश्वासी, कुरीतिवादी र पापीहरूले बोक्सी र दाइजो निहँुमा महिलालाई जिउँदै जलाएको आततायी र व्रmुर घटना, छोरी किशोरीहरूलाई यौन पिपाशुहरूले बलात्कार गरेर हत्या गरिएको । दिनहुँ यस्ता घटना समाजमा बढ्दै गएको । घरसमाज आज असुरक्षित बन्दै गएको । यस्ता महिलाहिंसाको खबर पढेर उनी आफूलाई सम्झी दुःखी भइन् । आफू पनि बर्बर हिंसाको सिकारमा त पर्ने होइन भन्ने डरले सतायो उनलाई । मधुपर्क