काठमाडौँ, मङ्सिर ८ गते । नेपाल प्रिमियर लिग (एनपिएलमा) मा जितका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनायो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरिले २८ बलमा एक चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ३९ रन बनाउनुभयो ।
यस्तै आरिफ शेखले २५ बलमा तीन चौकासहित २७, हर्मित सिंहले १९ र क्रिस लिनले १८, ओपनर विनोद भण्डारीले ११ र स्कट कुगुलेइनले १० रन बनाउनुभयो ।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले सर्वाधिक तीन विकेट लिनुभयो । यस्तै नन्दन यादवले दुई तथा मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिनुभयो ।
सुदूरपश्चिम आज लगातर तेस्रो जित निकाल्ने योजनामा छ । यता कर्णाली दोस्रो खेल जित्ने लक्ष्यमा छ ।