• ८ मंसिर २०८२, सोमबार

‘संस्कृति र साहित्यले सामाजिक सम्वन्ध बलियो बनाउँछ’

blog

काठमाडौं, मंसिर ८ गते । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले हाँडीगाउँको ऐतिहासिक महत्व, सम्पदा र संस्कृतिले लिच्छविकालिन पहिचाहनलाई स्थापित गरेको बताउनुभएको छ। काठमाडौंको हाँडीगाउँमा कैलाशकुट सामाजिक अभियानको तेस्रो साधारण सभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

श्रेष्ठले नेपाली सनातन संस्कृति र साहित्यले सामाजिक सम्वन्धलाई बलियो बनाउने बताउनुभयो । प्राध्यापक अभी सुवेदीले काठमाडौं उपत्यकाकै पुरानो बस्ती हाँडीगाउँ अनुसन्धान र साहित्यका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

काठमाडौं महानगरपालिका वडा ५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापतिले सार्वजनिक सम्पत्तिको संरक्षण र विकासमा विशेष ध्यान दिएको बताउनुभयो । त्यस अवसरमा इतिहास र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका प्राध्यापक डाक्टर प्रयाग राज शर्मालाई सम्मान गर्नुका साथै २०१९ सालमा विशाल पुस्तकालय स्थापना गर्नुुहुने भरतमणि आचार्य दिक्षितलाई मरणेपरान्त सम्मान गरिएको थियो ।

आजै सम्पन्न कैशालकुट सामाजिक अभियानको तेस्रो साधारणसभाले महेशकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। अभियानको उपाध्यक्षमा उत्तमराज त्रिपाठी, महासचिवमा मोहनकुमार पौडेल, सचिवमा प्रभुराज पौडेल कोषाध्यक्षमा गणेश बहादुर पाण्डे र सदस्यहरुमा तीर्थ बहादुर बज्राचार्य, कमल नेपाल, सुरेन्द्र प्रसाद रेग्मी, ज्योतिका महर्जन, श्यामहरि नापित र लक्ष्मी नारायण श्रेष्ठ रहनुभएको छ ।

अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठले विभिन्न क्षेत्रमा चेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सामाजिक हितमा काम गर्दैआएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले किराँत तथा लिच्छवि राजाहरुद्वारा निर्मित मानगृह र कैलाशकुट भवनजस्ता भव्य दरबारहरु रहेको हाँडीगाउँको ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।