• ८ मंसिर २०८२, सोमबार

विद्यालय पूर्वाधार विकासका लागि सप्ताह ज्ञान महायज्ञ

blog

सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुहुदै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसी ।

सन्तोष दहित

दाङ, मंसिर ८ गते । विद्यालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि घोराही –१७ क्वाडीस्थित प्राथामिक विद्यालयमा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। २०३५ सालमा रात्री विद्यालयका रुपमा स्थापना भएको क्वाडी प्राथामिक विद्यालयले शैक्षिक सुधार सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको हो । 

प्राथामिक विद्यालय क्वाडी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सप्ताह ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक रेवन्ता पुनको अध्यक्षता एवं घोराही उपमहानगरपालिका उप–प्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा सप्ताह ज्ञान महायज्ञको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। सप्ताह ज्ञान महायज्ञ उद्घाटन गर्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका उपप्रमुख डिसीले महायज्ञले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुधारका लागि टेवा पुर्याउने बताउनुुभएको थियो । व्यवस्थापन र लगानीको अभावमा बन्द हुने अवस्थामा पुगेको विद्यालय स्थानीयहरुको सक्रियता पछि पुनः जीवित भएको चर्चा गर्दै ग्रामीणवस्तीमा स्थापना भएको यस विद्यालयलाई उपमहानगरपालिकाकै नमूना विद्यालयको रुपमा स्थापित गर्न स्थानीयहरु तलिन बन्नुुपर्नेमा जोड दिनुुभयो ।  

कार्यक्रममा महायज्ञ मूूल आयोजक समितिका निर्देशक श्रीधर शर्मा पौडेलले लगानी अभावमा अस्तव्यस्त भएको सामुुदायिक विद्यालयको अवस्था दिनप्रति दिन खस्कदै गइरहेको प्रतिचिन्ता व्यक्त गर्दै स्थानीय अभिभावक र सामाजिक अगुवाहरुको सक्रियतामा महायज्ञमार्फत विद्यालयको मुहार फेर्ने प्रयास गरिरहेको चर्चा गर्नुुभयो । 

कार्यक्रममा सप्ताह ज्ञान महायज्ञ आचार्य श्यामशरण, समाजसेवी साहित्यकार गुरुप्रसाद शर्मा रेग्मी, घोराही उपमहानगरपालिका –६ वडाध्यक्ष विष्णुराम आचार्य, वडा १७ वडाध्यक्ष रामलौटन चौधरी, नेपाली कम्युनिष्ट पार्टी दाङका सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव मणिराम खनाल लगायतकाले शुुभकामना मन्तव्य व्यक्त गर्नुुभएको थियो । विद्यालयका प्रधानध्यापक खड्गबहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण समाजसेवी सुधिरकुमार रेग्मीले गर्नुभएको थियो। 

त्यस्तै, महायज्ञ समुद्घाटनसत्रमा विद्यालयका पूर्व प्रधानध्यापक आशाराम चौधरीले १५ हजार पाँच रुपियाँ, भूपु सैनिक संघ दाङका जिल्ला सचिव पदम केसीले ५० हजार सहयोग रकम घोषणा गर्नुभएको थियो । त्यस्तै, डिलबहादुर पुन पाँच हजार पाँच रुपियाँ, सिस्नेमुहान बाजा समूह दश हजार, सातसय ६५ रुपियाँ, सामाजिक अगुवा किरण रेग्मीले १५ हजार पाँचसय ५५ रुपियाँ र टंकबहादुर रोकाले दुुई हजार ३५ रुपियाँ सहयोग रकम दान गर्नुभएको थियो ।