• ८ मंसिर २०८२, सोमबार

बेथिती रोक्न प्रदेश सरकार लागिपरेको छ : मुख्यमन्त्री कँडेल

blog

सान्नीत्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनमा मुख्यमन्त्री यामलाल कँडेल । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, मङसिर ८ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भष्टाचार र बेथिती रोकेर सुशासन कायम गर्नमा प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । 

मुलुकको प्रचलित कानुनलाई साक्षी राखेर गरिने बिद्रोहमा युवालाई साथ दिने उहाँले बताउनुभयो । युवा बिरोधी कुनै पनि सरकार नभएको भन्दै सत्य कुरामा युवाको मागलाई प्रदेश सरकारले सधै समर्थन गर्ने बताउनुभयो ।  

मुख्यमन्त्री कँडेलले जेनजीको नाममा भएको भदौ २३ र २४ गतेको अराजक आन्दोलनलाई समर्थन गर्न भने नसकिने बताउनुभयो । सुशासन कायम गर्ने कुरामा सरकार र आफुसम्बद्ध दल नेकपा (एमाले) ले स्वागत गर्ने तर देश जलाउने काममा समर्थन गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो ।

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहमा सोमबार मुख्यमन्त्री कँडेलले शिक्षा, स्वास्थ्य, बिकास र रोजगारीका लागि प्रदेश सरकारले आफ्नो स्रोतअनुसार काम गरिरहेको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष मोहन केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा कालीकोट जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।