• ५ साउन २०८१, शनिबार

फराकिलो हुँदै महिला लेखन

blog

साहित्यका विभिन्न विधामा पछिल्लो समय महिलाको भूमिका र योगदान प्रशंसनीय बन्दै गइरहेको छ । समयव्रmमसँगै प्राप्त हुने चेतनाको इन्द्रेणी झिल्को महिला लेखनमा पनि परेको महसुस प्रशस्त गर्न सकिन्छ । हिजोसम्म भात–भान्सा र घरेलु पीडा मात्रै महिला लेखनको विषय हो भन्नेहरूको आरोप प्रतिदिन खुकुलो हुँदै गइरहेको छ । हरेक क्षेत्रमा महिला पछि पर्नुको कारण शिक्षा, अवसरको कमी र चेतनाको अभाव थियो । यी कुरा प्राप्त हुन थालेपछि अरू क्षेत्र जस्तै महिला लेखनको क्षेत्र पनि उज्यालिँदै आएको अनुभव गर्न सकिन्छ । पर्याप्त रूपमा हुन नसक्नु आफ्नो ठाउँमा होला तर पनि केही भएको महसुस गर्न पाउनु पनि आशावादितामा रहनु सकरात्मक पाटो हो । पक्कै पनि समयले फड्को मारेपछि महिला लेखन र पुरुषलेखन भनेर हामीले चर्चा गरिरहनुपर्ने छैन । ‘लेखन’ को साझा विन्दुमा हामी अटाउने छौँ । बस् हामीलाई त्यही दिनको प्रतीक्षा छ ।

गुणात्मक र सङ्ख्यात्मकको बहस

सङ्ख्यात्मक उपलब्धिबाट नै गुणात्मक उपलब्धिको फड्को मार्ने कार्य हरेक क्षेत्रको विशेषता हुँदै हो । त्यसको प्रभाव पनि महिला लेखनमा पर्नु स्वाभाविकै हो । लेख्दै लेख्दै गएपछि नै शब्द संयोजन, पदावली विन्यास र वाक्य संरचनाको तरिका थाहा हुन्छ अनि सिक्दै गइन्छ शिल्पका कुरा, विषय छनोटका कुरा र बिस्तारै गुणात्मक लेखनका कुरा । गुणात्मकको प्रश्न महिला लेखनमा मात्रै होइन । जुनसुकै लेखनको पनि अहम् प्रश्न हो । समयले उत्तरआधुनिकताको मध्यविन्दुमा ल्याए पनि समग्र नेपाली साहित्यलेखन उत्कृष्ट हुन नसकेको कुरा बहसको विषय बन्दै आइरहेको छ । हामी वर्षौंदेखि सामाजिक यर्थाथवादको लेखनमा रमाइरहेका छौँ । लेखनको नयाँ शिल्प र बुनोटको लामो ‘ग्याप’ को रेखा तन्किँदै गइरहेको छ । तिसको दशकमा स्वैरकल्पनाको प्रयोग गरेर लेखिएको ध्रुवचन्द्र गौतमको ‘अलिखित’ उपन्यासले पचास वर्ष काटिसकेको छ । स्वैरकल्पनालाई मूल विषय बनाएर नाटक लेख्ने मोहनराज शर्माको ‘वैकुण्ठ एक्सप्रेस’, सरुभक्तको ‘पागलबस्ती’ जस्ता कृति चालिसको दशकमै चर्चामा थियो । कल्पनाशीलता साहित्यलेखनको एउटा महìवपूर्ण पक्ष हो । स्वैरकल्पना कल्पनाको अतिरूप हो र लेखनको अनौठो काल्पनिक शैली पनि । जीवन र जगत्का कुरा घुमाउरो पाराले अभिव्यक्त गर्न विश्वका चर्चित साहित्यकार र चित्रकारहरूले पनि स्वैरकल्पनाको सहारा लिन्छन् । नेपाली साहित्यमा अग्रज साहित्यकारले पनि बेलैमा अनुशरण गरेर लेखिएका यी कृतिले पाठकको मनमा महìवपूर्ण स्थान ओगटेका छन् । सञ्जीव उप्रेतीको ‘हंस’ मा पनि स्वैरकल्पनाको उत्कृष्ट प्रयोग भेटिन्छ । पछिल्लो समय कुमार नगरकोटीले स्वैरकल्पनालाई आफ्नो लेखनको मूल विशेषता बनाउँदै आएका छन् । अध्ययन गर्दै जाँदा यस्ता कृति अरू पनि भेटाउन सकिएला । लेखनको यति मिठो शैली आजभोलि सशक्त बन्दै जानुपर्नेमा लुप्त हुँदै जानुले साहित्यको गुणात्मकतामाथि चिन्तन कम हुन थालेको अनुभव गर्न सकिन्छ । अझ महिला लेखनमा यस्तो शैली अपनाएर लेखिएका कृति कति होलान् ? कहिलेकाहीँ एउटा विचारणीय प्रश्न मनमा आउँछ । म घोरिन पुग्छु । औँलामा गन्न सकिने पुस्तकको नाम मात्रै भेट्टाउँछु । शारदा शर्माको ‘कम्प’ उपन्यास र अर्चना थापाले विज्ञान कथालाई विषयवस्तु बनाएर लेखिएको ‘कठपुतला’ कथामा स्वैरकल्पनाको प्रयोग देख्छु । शिवानी सिंह थारूको राजनीतिक उपन्यास ‘काठमाडौँमा एक दिन’ पनि नवीन शैलीको उपन्यास मान्न सकिन्छ । धेरै पाठकले उनको उपन्यासमाथि हलुका टिप्पणी गरेको पाएकी थिएँ । सायद अलिकति फरक ढङ्गले लेखिनेबित्तिकै महिलाहरूले नबुझी लेखे होलान् भन्ने खालको नजरअन्दाज गरेर महिलाको बौद्विकतामाथि शङ्का गरेको हो कि भन्ने पनि ठान्छु ।

दक्षिण कोरियाकी लेखक हान काङ्को उपन्यास ‘द भेजिटेरियन’ (नेपाली भाषामा अनुवाद प्रवीण अधिकारी) मा पितृसत्तात्मक समाजमा विद्रोह देखाउनलार्ई कलात्मक ढङ्गले स्वैरकल्पनाको उच्चतम प्रयोग गरिएको छ । यो पुस्तकले सन् २०१६ को ‘म्यान बुकर पुरस्कार’ समेत प्राप्त गरेको थियो । यस्ता लेखनले पाठकलाई नयाँ स्वाद दिन्छन् । नेपाली साहित्यमा परम्परागत धारबाट फरक लेख्नेबित्तिकै अनेक खालका आरोपप्रत्यारोपले लेखकलाई थिलोथिलो पारिन्छ । यो पनि लेखनको नयाँ शैली हो, लेखनका सबै मान्यता पूर्ववत् हुँदैनन् भन्ने आग्रहबाट हामी मुक्त हुन सके केही नयाँ लेख्न खोज्नेलाई ऊर्जा मिल्थ्यो । आगामी दिनमा गम्भीरतापूर्वक सोचेर केही नवीन शैलीको प्रयोग गर्दै लेखनसिपको अभिवृद्धि गर्न सके सङ्ख्यात्मकसँगै गुणात्मकलेखन पनि पक्कै सुधार हुने कुरामा आशा गर्न सकिन्छ ।

लेखनका विषयमा विविधता

 आफ्ना भोगाइ, अनुभूति र विचारको सम्प्रेषणमा महिला लेखनको विषयमा हाल विविधता देख्न सकिन्छ । अस्तित्व चेत लेखनका लागि पारिजात, वानिरा गिरी, देवकुमारी थापा, माया ठकुरी, भागिरथी श्रेष्ठ, मञ्जु काँचुली, बेन्जु शर्मा, पद्मावती सिंह, इल्या भट्टराई, सुलोचना मानन्धर, उषा शेरचन, भुवन ढुङ्गाना, प्रतिसरा सायमी आदि अग्रज स्रष्टाहरूले कोरिदिएको बाटोमा हाल महिलाहरूले निर्धक्क लेख्न थालेका छन् । लेखनको विषय चुलोचौको, घरपरिवार र सीमित परिधिमा खुम्चिएको छैन । केही वर्षअघिसम्म हिमाली क्षेत्रको लेखनमा महिलाको नामै आउँदैन्थ्यो अहिले धमाधम नारी स्रष्टाहरूका अनुभूति पाठकसामु आइरहेका छन् । यो सङ्ख्या बढ्दो व्रmममा छ । समाज र संस्कारको लक्ष्मण रेखा नाघेर महिला स्रष्टा स्वदेश मात्र होइन विदेशसमेत पुगेका छन् र आफ्ना अनुभूतिलाई मार्मिक रूपमा आफ्नो लेखनीमा चित्रण गरेका छन् । सिड्नीबाट सानु शर्माले ‘सिड्नी सपना’, सिर्जना शर्माको ‘गोल्डेन गेट’, निरु त्रिपाठीको ‘पेरिस्कानो’, प्रभा बरालको ‘आत्महत्याको जङ्गल’ र ‘फिलिङ्गो’, यसै गरी बेलायतबाट सञ्जुु बजगाई, सङ्गीता स्वेच्छा र जया राई, अमेरिकाबाट गीता खत्री आदि यो पङ्क्तिमा अरू थुप्रै महिला लेखकहरू थपिन सक्छन् जसले आफ्नो लेखनमा विदेशी विषयलाई आफ्नो लेखनमा ल्याए । सङ्गीता स्वेच्छाले आफ्नो कथासङ्ग्रह ‘गुलाफसँगको प्रेम’ लाई अङ्ग्रेजी भाषामा अनुवाद गरी बेलायती साहित्यकारमाझ पु¥याइन् यसका अतिरिक्त उनले नेपाली भाषासाहित्यलाई बेलायती माझ पु-याउन नेपाली पुस्तकको प्रदर्शनी लगायत अन्य कार्य गरेर नेपाली साहित्यलाई प्रवर्धन गरिरहेकी छन् ।

महिला लेखनमा केन्द्रित केही संस्था तथा पत्रपत्रिकाहरूः

गुञ्जन

२०५४ सालमा आख्यानकार पद्मावती सिंहको अगुवाइमा गुञ्जन नारी साहित्य संस्थाको स्थापना भएको हो । गुञ्जनको मूल उद्देश्य महिला साहित्य लेखनलाई प्रवर्धन गर्नु नै हो । नेपाली साहित्यमा महिला लेखनको अवस्था कमजोर छ भन्ने कुराको खोजी महिलाले नगरे कसले गर्ने भन्ने वैचारिकताले महिला स्रष्टालाई घच्घचाएपछि यो संस्थाको जन्म हुन पुगेको कुरा पद्मावती सिंह बताउनुहुन्छ । २०६९ सालमा गीता केशरी गुञ्जनको अध्यक्ष हुँदा ‘नेपाली महिला साहित्यकार’ पुस्तक प्रकाशन गरेर महिला लेखनको इतिहास निर्माण भएको देखिन्छ । लीला लुइटेलद्वारा लिखित यो पुस्तक लेख्नुअघि महिला साहित्यकारको अभिलेखीकरण भएको थिएन । यस पुस्तकमा महिला साहित्यकारको विधागत इतिहास लेख्ने काम भएको छ । महिलाका पुस्तक सार्वजनिक गर्ने, अन्तव्रिर्mया गर्ने, विभिन्न साहित्यिक संस्थासँग जोडिएर स्वदेश तथा विदेशमा साहित्यिक कार्यव्रmम गर्ने अभियानमा गुञ्जन निरन्तर लागिरहेको छ । समय समयमा कोठेगोष्ठी गरेर साहित्यिक कार्यव्रmमको आयोजना गर्ने यसको मौलिक पहिचान हो । हाल जलेश्वरी श्रेष्ठको अध्यक्षतामा गुञ्जन गुञ्जिरहेको छ । 

अक्षर क्रियसन्स

महिला लेखनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ २०६७ सालमा अक्षर क्रियसन्स प्रकाशन गृहको स्थापना भएको हो । यसका प्रमुख डा. अर्चना थापा हुन् । निजी प्रकाशन गृह भईकन पनि व्यावसायिकताभन्दा माथि छ यो संस्था । वार्षिक रूपमा न्यूनतम दुई वटा पुस्तक प्रकाशन गर्ने यो संस्थाले महिला स्रष्टाका लागि उल्लेखनीय कार्य गर्दै आइरहेको छ । यहाँबाट प्रकाशित कृतिमा महिलाका भोगाइका फरक कथा भेटिन्छन् । यी कृतिको उद्देश्य महिला अस्तित्वलाई केन्द्रमा राखेर समानतामूलक समाजको पैरवी गर्ने रहेको हुन्छ । यसका अतिरिक्त फरक लैङ्गिक र यौनिक परिचय, जनजाति, दलित र महिलाका आत्मकथाहरू समेटेर लेखिएका कृतिले महिला लेखनको इतिहास निर्माण गर्न पनि सहयोग पुगेको देखिन्छ ।

आह्वान समूह

डा. अर्चना थापाको परिकल्पनामा कुमारी लामा र उमा सुवेदीसमेत रहेर विसं २०७३ सालमा आह्वान समूहको गठन गरिएको थियो । यो समूहको प्रमुख उद्देश्य पनि महिला लेखनकै प्रवर्धन गर्ने रहेको देखिन्छ । महिलाका कृतिमाथि परिचर्चा गर्ने, समीक्षा लेख्ने, लेखको सम्पादन गर्न सिकाउने र महिला लेखकका साझा समस्यामाथि बृहत् छलफल गर्ने जस्ता काम गरेर लोकप्रियता हासिल गरेको थियो । तीन जना महिला स्रष्टाहरूकै पहलमा भएको यो समूहले महिला लेखनलाई अगाडि बढाउन प्रशंसनीय प्रयास गरेको देखिन्छ ।

बुकाहोलिक्स

सगुना शाहद्वारा स्थापित बुकाहोलिक्स चकटी बहसले हरेक महिना एउटा कृतिमाथि अन्तव्रिर्mया गर्दै आइरहेको छ । यसबाट पठन संस्कृतिलाई अघि बढाउन निकै सहयोग पुगेको देखिन्छ  । कोरोनाकालमा लकडाउनका बेला फेसबुक लाइभबाट ‘स्रष्टासँग साक्षात्कार’ भन्ने कार्यक्रम आयोजना गरेको थियो । एक सयभन्दा बढी स्रष्टाहरूका अनुभूति सबैमाझ पुग्दा यो कार्यक्रमको निकै चर्चा भएको थियो । पछिल्लो समय हरेक महिना महिला लेखकका पुस्तकमाथि अन्तव्रिर्mया गरेर महिला लेखनलाई अघि बढाउन बुकाहोलिक्सले सहयोग पु¥याइरहेको छ । 

आँचल साहित्य कला पुञ्ज

महिला लेखनलाई उकास्ने अभिप्रायले २०६९ सालमा मकवानपुरमा स्थापित संस्था हो आँचल साहित्य कला पुञ्ज । यस संस्थाले थुप्रै महिला साहित्यकार जन्माएको छ । हरेक साल एक दर्जन जति स्रष्टाहरूलाई विभिन्न नामका पुरस्कारद्वारा सम्मानित गरेर हौसला प्रदान गरिरहेको छ भने हेटौँडा नगरपालिकासँग संयोजन गरी बृहत् साहित्य महोत्सवसमेत सञ्चालन गरिसकेको छ । हाल यो संस्थाकी अध्यक्ष भावना सापकोटा रहेकी छन् । गत वैशाख १५ गते सम्पन्न पछिल्लो कार्यव्रmममा पङ्क्तिकारलाई पनि टीकादत्त–मायादेवी– कुलकुमारी साहित्यिक सम्मान–२०८० प्राप्त भएको थियो । त्यतिबेला हेटौँडाका महिला स्रष्टाहरूसँग अन्तव्रिर्mया गर्ने मौकासमेत मिलेको थियो । निकै मेहनत गरेर कार्यव्रmम आयोजना गरिएको थियो । संस्थाको एउटै पोसाकमा सजिएर महिला स्रष्टाहरू कार्यक्रम सफल पार्न मरिमेटेका देखिन्थे । उनीहरूको साहित्यप्रतिको अगाध रुचिले सबैलाई प्रेरणा दिएको अनुभव हुन्थ्यो । मोफसलमा बसेर साहित्यको सेवाको साथै महिला लेखनलाई प्रवर्धन गर्ने यो संस्थाको नेपाली महिला लेखनमा महìवपूर्ण भूमिका रहेको देखिन्छ ।

अपराजिता पारिजातको प्रकाशन

पितृसत्ताको हजारौँ वर्षको शोषण र उत्पीडनबाट महिला पिल्सिरहेका छन् । उनीहरूका भावना र अनुभूति प्रकाशन गर्ने सीमित पत्रपत्रिका छन् । यसै अभावलाई केही मात्रामा भए पनि पूरा गर्ने उद्देश्यले २०७९ असारबाट त्रैमासिक रूपमा ‘अपराजिता पारिजात’ पत्रिकाको प्रकाशन हुन थालेको छ । यसका सम्पादकमा सुमिना, विभूषणा, विन्दु चौहान र यमकुमारी ददेल रहेका छन् । महिला लेखनलाई केन्द्रमा राखेर प्रकाशनको लक्ष्य राखिएको यस पत्रिकाका पाँच अङ्क प्रकाशित भइसकेका छन् । यो पत्रिकामा प्रकाशित लेखहरूले महिला लेखनका क्षेत्रमा महìवपूर्ण भूमिका खेलेको कुरालाई नकार्न सकिन्न ।

हाम्रो अस्मिताको प्रकाशन

‘विचारशील महिलाको विशिष्ट पत्रिका’ भन्ने मूल नारासहित २०४५ सालमा ‘अस्मिता’ पत्रिका प्रकाशन भएको थियो  । सुप्रसिद्ध साहित्यकार पारिजातले यसको नाम जुराएकी थिइन् । अस्मिता पत्रिकाले पितृसत्ता र महिला विषयकेन्द्रित लेख रचना प्रकाशित गरी वैचारिक बहसका निम्ति अभिव्यक्तिको वातावरण तयार गरेको थियो । निकै वर्षसम्म प्रकाशनमा रहेको यस पत्रिकाबिचमा केही वर्ष अवरुद्ध भयो । यस पत्रिकालाई २०८० वैशाखबाट पुनः प्रकाशनमा ल्याइएको छ । हाल अर्धवार्षिक रूपमा प्रकाशन गर्ने लक्ष्य रहेको यो पत्रिकाका सम्पादकमा कुमारी लामा, गीता त्रिपाठी र लक्ष्मी रुम्बा रहेका छन् । यसका दुई वटा अङ्क ‘हाम्रो अस्मिता’ नाममा प्रकाशित भएका छन् । यसको पहिलो अङक ‘पितृसत्ता र भुइँमान्छे’ विशेषाङ्क थियो भने दोस्रो अङ्क ‘महिला उत्पीडन र सत्ता’ रहेको छ । महिला लेखनलाई केन्द्रमा राखेर प्रकाशन गरिएको यस पत्रिका पठनीय रहेको देखिन्छ । हाम्रो अस्मिताको प्रकाशन महिला स्रष्टाहरूका लागि खुसीको कुरा बनेको छ र यसले पक्कै पनि महिला लेखनमा महìवपूर्ण भूमिका प्रदान गर्ने छ ।

महिला पुस्तक प्रदर्शनी 

महिला लेखनलाई प्रोत्साहन र प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाल पिक्चर्स लाइबे्रेरीले २०८० चैत ३ गते महिला पुस्तक मेलाको आयोजना गरेको थियो । यही संस्थाले यसअघि पनि यस्ता कार्यव्रmम आयोजना गरेको देखिन्छ । पछिल्लो पुस्तक मेला नेपाल कला परिषद्मा आयोजना भएको थियो । उक्त पुस्तक मेलामा एक सयभन्दा बढी महिला लेखकहरूको उपस्थिति थियो । महिला लेखनलाई सम्मान गर्दै आयोजना गरिएको यो कार्यक्रमले महिला लेखकहरूलाई ठुलो उत्साह मिलेको थियो । महिलाले लेखेको पुस्तकको प्रदर्शनीले पाठकलाई पक्कै पनि बेग्लै उत्साह र रौनक दिन्छ । पुरुषको तुलनामा कति होलान् महिला लेखक भन्ने कुराको सोझो हिसाबकिताब पनि यस्ता प्रदर्शनीले अलग्गै दिन्छन् । यहीँबाट साहित्यमा महिलाको स्थानलाई पनि पहिचान गर्न पनि सजिलो हुन्छ । नेपालमा पहिलो पटक २०४२ सालमा महिला पुस्तक प्रदर्शनी सम्पन्न भएको थियो । पारिजातको अग्रसरतामा भारतीय पुस्तकालयमा भएको उक्त कार्यक्रमपछि पारिजात स्मृति केन्द्रले नेपाल पर्यटन बोर्डमा पनि गरेको थियो । यही गर्विलो कार्यक्रमलाई विस्तार गर्न पारिजात स्मृति केन्द्रको आयोजनामा २०८१ वैशाख ११ देखि १५ सम्म राष्ट्रिय सभा गृहको सभाहलमा महिला पुस्तक प्रदर्शनी भयो । विभिन्न सत्रहरूसहित सञ्चालित उक्त कार्यक्रममा पारिजातलाई चिनौँ भन्ने मूल ध्येयका साथ पारिजातका समकालीन मित्रहरूको प्रस्तुतिलगायत महिला लेखनसँग सम्बन्धित कार्यक्रमहरू आयोजना गरिएका थिए । 

समग्रमा महिलाको लेखन चुनौतीपूर्ण छ । समय जति बदलिए पनि महिलालाई प्रकृतिले दिएको प्रकृतिप्रदत्त जिम्मेवारी कायमै छ । गर्भधारण, सन्तानको जन्म, तिनलाई हुर्काउने दायित्व महिलाकै काँधमा प्रमुखताका साथ आउँछ । अस्तित्वचेतले आर्थिक उपार्जनका लागि घरबाहिर निस्कन पर्दा महिलाहरू साँच्चै नै मारमा परेका देखिन्छन् । यस्तो अवस्थामा समय निकालेर साहित्य सिजर्नामा लाग्न कति महिलालाई सजिलो होला ? तिनको लेखनले कुन कुन क्षेत्र समेट्न सकेको होला ? यो अध्ययनीय विषय हुन सक्छ । दिनको अठार घण्टा खटिँदाको कथा कहिले लेखेर सकिएला र ? तैपनि आफ्ना अनुभूति व्यक्त गर्न पनि महिलाले लेख्न आवश्यक छ । महिलाले पुस्तक लेख्दा उनलाई आत्मविश्वास र साहस त बढ्छ नै अन्य पाठक महिलालाई पनि मेरा पनि यस्ता अनुभव छन् म पनि लेख्न सक्छु भन्ने एक प्रकारको हिम्मत अभिवृद्धि हुन्छ । 

ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ निबन्ध सङ्ग्रह प्रकाशन भएपछि धेरै दिदीबहिनीले यो पुस्तक पढिसकेपछिको प्रतिव्रिmया सामाजिक सञ्जालमा थियो, ‘म पनि सक्छु यसरी लेखनमा पोखिन मेरा पनि थुप्रै अनुभव छन् । अब म पनि लेख्छु ।’ हुन पनि प्रसव वेदना, मातृत्व, रजस्वला, वात्सल्य र अनेक भूमिकामा छरिँदाको अनुभव पुरुष हस्ताक्षरबाट लेखिँदा जीवन्त बन्नै सक्दैन । उनीहरूले कल्पना गरेर लेख्नु र महिलाले भोगेर लेख्नुमा आकाश पातालको फरक हुन्छ । यदि यी कुरा महिलाले नलेख्ने हो भने समाजले पढ्न सक्दैन, हाम्रा अप्ठेराहरूको लेखाजोखा गर्न सक्दैन अनि मानव विकासको व्रmममा यी सवालहरू आउनै पाउँदैन । महिलाका कृतिमा सामाजिक, राजनीतिक, मनोवैज्ञानिकलगायत विभिन्न पाटा पनि समेटिन थालेका त छन् तर पर्याप्त आउन सकेका छैनन् । 

बिहानीपख पूर्वमा उदाउने सूर्यको उज्यालो किरणले उज्यालो दिनको पूर्वाभास दिए झैँ महिला लेखनले गतिशीलताको अविराम यात्राले आगामी दिन उज्यालो रहेको महसुस हुन्छ । महिला लेखकका कलमबाट रातदिन नभनी सडकमा डिउटी गर्ने ट्राफिक महिलाको कथा लेख्नै बाँकी छ । 

वैदेशिक रोजगारमा गएका महिलाले भोगेको दर्जनौँ कथाहरू अनुुसन्धान गर्नै बाँकी छ । सडकमै मकै पोलेर गुजारा गर्ने, नदीकिनारमा बालुवा चाल्ने, चनाचटपट र पानीपुरी बेच्नेहरूको कथा पनि आंशिक आए होलान् तिनको गहिराइ छिचोल्नै बाँकी छ । तराईका दिदीबहिनीले सामाजिक र सांस्कृतिक नियममा बाँधिदाका दमनका कथा पनि लेखिनै बाँकी छ । अनेकौँ सङ्घर्ष गरेर जे जति महिलाहरूले पु्स्तक निकालेका छन् तीमाथि पनि पर्याप्त अन्तव्रिर्mया र टिप्पणी भएका छैनन् । महिलाले लेखेका पुस्तकहरू कसले पैसा तिरी तिरी किन्छ र भन्ने खालको उपेक्षा र विभेदको कठघरामा महिलाहरू उभिनु परेको छ । तैपनि महिला लेखकहरू हतोत्साही नभई आफूले जानेको कुरा निरन्तर लेखिरहन आवश्यक छ । समयले मूल्याङ्कन गर्ने छ यी सब कुराहरूको ।  घरको काममा पुरुष र महिला मिलेर मात्रै गरिने हो भने पनि महिलाले  केही समय पाउँथिन् र केही समय साहित्य सिर्जनामा लगाउन पाउँथिन् अनि विस्तारै महिला लेखनमा टेवा पुग्ने थियो । यति हुँदाहुँदै पनि उत्तरवर्ती चरणमा महिला लेखनका पाटाहरू खुल्दै गएकाले आगामी दिनमा यसको क्षितिज अझै फराकिलो हुने अपेक्षा गर्न सकिन्छ ।  मधुपर्क