• १२ साउन २०८१, शनिबार

जिप दुर्घटनामा चालकसहित सात घाइते

blog

फुङ्लिङ नगरपालिका –७ दोखुस्थित पौडेल चोकमा दुर्घटनामा परेको बोलेरो जिप ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा आइतबार जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । फुङ्लिङ नगरपालिका –७ हेलिप्याडनजिक पौडेल चौकमा स्टेरिङ टाइरेट भाँचिएर बोलेरो जिप दुर्घटना भएको हो । 

सिरिजङ्घा गाउँपालिका –४ तेल्लोकबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदैगरेको मे १ ज ३३१३ नम्बरको जिप दुर्घटना भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार जिप दुर्घटनामा चार महिला र तीनजना पुरुष घाइते हुनुभएको छ ।

घाइते हुनेमा १८ वर्षीया मुना भट्टराई, ३५ वर्षीया श्रीमाया पौडेल (भट्टराई), १७ वर्षीया इच्छा लिम्बू, २८ वर्षीया सरिता भट्टराई, २३ वर्षीय धनकुमार भट्टराई र ४१ वर्षीय बुद्धि थापा रहनुभएको छ । 

यस्तै, जिपचालक इलामको रोङ गाउँपालिका –४ भालुझोडा निवासी २४ वर्षीय अवि तामाङ रहनुभएको छ । चालक तामाङबाहेक सबैजना सिरिजङ्घा गाउँपालिकाका रहनुभएको प्रनाउ रावलले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइते सबै जनाको टाउको, हातलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब छ–सात मिटर तल झरेको प्रहरीले जनाएको छ ।