• २ माघ २०८१, बुधबार

८० जनाको आँखा परीक्षण

blog

निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गरिँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, असार ३० गते । 
मकवानपुरको बकैयामा भएको निःशुल्क आँखा शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको छ ।

शिविरमा आँखा परीक्षण गरिएका मध्य १६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको बकैया गाउँपालिका वडा नं. ५ का सचिव देवराज लामिछानेले जानकारी दिनुभयो । उहाँहरूको आँखाको एक हप्तापछि राजदमार स्वास्थ्य सेवा केन्द्र बकैयामा अप्रेसन गरिने गरिने भएको छ ।

शनिबार बकैया गाउँपालिका–५ को आयोजनामा राजदमार स्वास्थ्य सेवा केन्द्रमा भएको आँखा शिविरमा बकैया–४ का तीन जना, ७ नं. वडाका चार जना र ५ नं. वडाका ७२ जनाको आँखा परीक्षण गरिएको हो ।

सफल फार्मेसी तथा आँखा क्लिनिक, आँखा अस्पतालका डा. रमेश अधिकारी सहितको टिमले आँखा परीक्षण गर्नुभएको थियो ।

बकैया गाउँपालिकाका अध्यक्ष लक्ष्मी जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सोमबहादुर माझी, बकैया गाउँपालिका महिला तथा बालबालिका इकाई प्रमुख होमकुमारी सन्जेल, वरिष्ठ लघुउद्यम सहजकर्ता विकास श्रेष्ठ, राजदमार स्वास्थ्य सेवा केन्द्र इन्चार्ज सम्झना राना लगायताको उपस्थिति रहेको थियो ।