प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाउने विषय आजै टुङ्गो लाग्ने बताउनुभएको छ ।
शीर्ष टोली आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टहामहाममाथि सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा आर्सनलले टोट्टहामलाई उसैको मैदानमा २–० गोलले हरायो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले गोल गर्नुभयो ।
४४ सेकेन्डको टिकटकमा आफ्नो प्रतिभा देखाउने १५ जनाले नौ लाख रुपियाँको पुरस्कार पाएका छन् । नेपालमा केही वर्षयता निर्माण तथा अनलाइन सपिङ गरिरहेको एसवाई बजारले आयोजना गरेको एसवाई बजार जिंगल टिकटक प्रतियोगितामा नेपालका १५ जना टिकटकरले प्रतिव्यक्ति तीसहजारदेखि डेढ लाख रुपियाँसम्म पुरस्कार जितेका छन् ।
यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौंबाट आएका फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टमको काम सुरु गरेको छ ।
प्रदेश–१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । इटहरीस्थित जनता क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–१ ले लुम्बिनी प्रदेशलाई नौ रनले हरायो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका –३ तिरिङ्गेका किसानलाई किवीको बिरुवा वितरण गरिएको छ । व्यावसायिक किवी खेती विस्तारका लागि तिरिङ्गेका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो ।
गुल्मीमा गत वर्ष भन्दा यस वर्ष झण्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यो वर्ष ६ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यहाँ कुल सुन्तला बगैँचा क्षेत्रफलको करिब ५९ प्रतिशत बोटमा फलेका छ ।
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरबको रियादमा आइतबार राति भएको फाइनल खेलमा बार्सिलोनाले साबिक विजेता रियल म्याड्रिडलाई ३–१ गोलले हरायो ।
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले आज (सोमबार) आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिमा तीव्र गतिमा दादुरा फैलिरहेको छ । स्वास्थ्य कार्यालय बाँके आइतबार थप १२ जना दादुराका बिरामी भेटिएसँगै १९२ पुगेको हो । सोही समयमा १ जनाको मृत्यु भएको छ ।
धारिलो हतियार प्रयोग गरी भानु नगरपालिकाको एक व्यक्तिको हत्या भएको छ । व्यास नगरपालिका वडा नं.८ रिस्ती बस्ने वर्ष २४ को आशिष् परियारले सोमबार बिहान ११ः३५ हत्या गरेका हुन् ।
खोटाङमा १७ वर्षीया बालिका शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी रञ्जिता दाहाल घर नजिकै मृत अवस्थामा भेटिएकी हुन् ।
चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् ।
पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।
आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो ।