• २८ पुस २०८१, आइतबार

समुद्रमा शरणार्थी डुङ्गामै जन्मियो शिशु

blog

स्पेनको क्यानरी टापु लान्जारोटको नजिक ६ जनवरी २०२५ मा उद्धार गरिएका शरणार्थीहरूसँग एक महिलाले डुङ्गामा नवजात शिशु समातेको दृश्य। तस्बिर : साल्भामेन्टो मारीटिमो/रोयटर्स

स्पेन, पुस २७ गते । स्पेनको समुद्री उद्धार सेवाका अनुसार सोमबार अफ्रिकाबाट स्पेनतर्फ गइरहेको शरणार्थी डुङ्गामा एक बालिकाको जन्म भएको छ ।

स्पेनको क्यानरी टापुमा उद्धारकर्मीहरूले लान्जारोट टापुको नजिक ६० जना मानिससहितको डुङ्गा फेला पारेका थिए, जसमा १४ महिला र चार बालबालिका थिए।  सिएनएन