पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कंदै हुनुहुन्थ्यो । बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै छोराकै खुसी देखिन्थ्ये ।
प्रधानमन्त्रीको व्यस्तताका कारण उहाँलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उड्नुभएको थियो ।
पोखराको सेती खोँचमा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरूको सोमबार बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य भइरहेको छ ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ३८ जनाको पहिचान खुलेको छ । आइतबार बिहान भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा हुनु भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिनुभएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं पठाउने भएको छ ।
पोखरा विमान दुर्घटनाबाट महोत्तरी जिल्ला पनि शोकमग्न भएको छ । मुलुककै सबैभन्दा ठूलो र पीडादायी बनेको पोखरा विमान दुर्घटनामा शोकाकुल बनेका यहाँका स्थानीयले बर्दिबास र औरहीमा श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता सुरु भएको छ । बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताइएको छ ।
दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
हरेक वर्ष शैक्षिक सत्र सुरु भए देखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आए पनि कपिलवस्तुको मायादेवी गाउँपालिकामा चार सय बढी बालबालिका विद्यालय बाहिरै रहेका छन् ।
नागरिक उन्मुक्ती पार्टी सुदूरपश्चिम प्रदेशमा गठवन्धनमै बस्ने भएको छ । तर सरकारमा भने सामेल नहुने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक मङ्गलवार सम्मका लागि स्थगित भएको छ । आज [सोमबार] राष्ट्रिय शोक परेकोले प्रदेश सभा बैठक नबस्ने भएको हो ।
पोखरामा आइतबार भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको छ । खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिनुभयो ।
मगर भाषा
पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) बस्ने भनिएको मधेस प्रदेश सभा बैठक स्थगित भएको छ