• १२ साउन २०८१, शनिबार

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

blog

जसपाको संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको अध्यक्ष उपेन्द्र यादव ।

काठमाडौं, जेठ ८ गते । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन हुनुभएको छ ।

अध्यक्ष यादवको स्वकीय सचिव महेश चौरसियाले सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

उहाँ वैशाख १० गते भएको उपनिर्वाचनमा बारा – २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

यसअघि गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी– २ मा भने पराजित हुनुभएको थियो ।