सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ ।
पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार ७२ यात्रुको जीवित रहने सम्भावना न्यून भएको छ ।
पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् ।
पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ ।
पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।
राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरु व्यवसायिक मौरी पालनमा लागेका छन् । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले स्वदेशमै मनग्य आम्दानी हुँदा यसतर्फ आर्कषित भएका हुन् ।
नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको फाइनलमा पुलिसले साविक विजेता न्य डायमन्डलाई ३–२ को सेटमा हरायो ।
पूर्वीभारतको उडिसा राज्यमा एक धार्मिक पर्वको अवसरमा शनिबार भागदौड हुँदा एक जनाको मृत्यु हुनुको साथै अन्य २० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको बताउनु भएको छ ।
पोखराको सेती नदीको खोँचमा आज (आइतबार) बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो ।
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना परी पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ ।
नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । इटहरी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ५३ रनले हरायो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पोखरा नजाने हुनुभएकाे छ ।
सरकारले भोलि (सोमबार) शोक बिदा दिने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हो ।