राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो ।
सञ्चालनको तयारीमा रहे पनि विभिन्न कारणले चल्न नसकेको क्रुज सीप (पानीजहाज) आजदेखि नारायणी नदीमा चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै माघ १ गतेदेखि क्रुज सीप सञ्चालनमा आउन लागेको जानकारी दिएको हो ।
माघेसङ्क्रान्तिलाई मुलुकभर आ–आफ्नो विशेषता र सांस्कृतिक महìवका साथ मनाइँदै आएको छ । सूर्यनारायण धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने उत्तरायण हुने भएकाले यस पर्वको विशेष महìव रहेको छ ।
पश्चिम तराईका दाङ, बाँके र बर्दियाका थारू बस्तीमा यतिबेला जताततै माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी आइतबार परेकाले थारू बस्ती माघीमय बनेका छन् ।
कागलाई दाउन राखेर पकाएका सेलरोटी दिएर सुदूरपश्चिममा नरहरी पर्व मनाइँदै छ । पुस ३० गते राति मीठा परिकार पकाएर माघ १ गते बिहान कागलाई सेलरोटी दिएर नरहरी पर्व मनाउने चलन रहेको छ । नरहरीलाई माघी पर्व र माघेसङ्क्रान्ति पनि भन्ने गरिन्छ ।
अमेरिकाको बोस्टन सहरमा बस्दै आउनुभएका लेखक शिव प्रकाशको पहिलो उपन्यास ‘समभोक’को लोकापर्ण गरिएको छ । ने
नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ शङ्खरापुर नगरपालिका–३, बोझेनीका आन्दोलनरत स्थानीयवासीबीच तीनबुँदे सहमति भएको छ ।
माघेसङ्क्रान्तिको विशेष परिकार तरुल बेच्न स्थानीय किसान तथा व्यापारीलाई यतिबेला चटारो छ । माघेसङ्क्रान्ति मुखैमा
माघेसङ्क्रान्ति मगर समुदायको विशेष पर्व हो । यो समुदायले भूम्यालाई बल पूजापछिको ठूलो पर्वका रूपमा मनाउने गर्दछ ।
‘बाबा कि सगरुवा, मुरिया लहाने रे हाँ, सखिये हो सेन्दुर छुटल पानी घाट ।’ नयाँ वर्ष एवं ठूलो पर्व माघ (माघी-खिचरा)मा थारू समुदायले गुनगुनाउने मौलिक गीत हो, यो । पुर्खाहरूले सिर्जना गरेको यो लोकगीत थारू समुदायमा अहिले पनि लोकप्रिय छ ।
धनगढीदेखि टीकापुरसम्मको यात्रा गर्न १०१ किलोमिटर लामो दूरी छिचोल्नुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ । कैलालीको
भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा प्रतिष्ठापन गरिने मूर्ति बनाउनका लागि नेपाल सरकारले उपहार दिन लागेको बेनी नगरपालिका–६
बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लाका विभिन्न स्थानमा चालू आर्थिक वर्षमा खानेपानीका ४५ वटा योजना सञ्चालन हुने भएका छन् ।
कलेजो प्रत्यारोपण गर्न विदेश जानुपर्ने अवस्था रोकिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिँदै आएको छ ।
पाँचथरको फिदिम नगरपालिका–२ मा निर्मित बसपार्क सञ्चालन गर्न तेस्रो पटक गृहकार्य भएको छ । स्थानीयले उपलब्ध गराएको जग्गामा नयाँ सहर आयोजनाले निर्माण गरेको बसपार्क यसअघि २०७१ र २०७५ सालमा दुई पटक उद्घाटन गरे पनि स