राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताउनुभएको छ ।
कर्णाली प्रदेशको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखका लागि नेकपा (एमाले)का नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापन गर्ने चुनौती र सम्भावना आफ्नो काँधमा आएको बताउनुभएको छ ।
मगर समुदायले नयाँ वर्ष मनाउने क्रम सुरु भएको छ । काठमाडौंको टुँडिखेलमा माघे सङ्क्रान्ति पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन सुरु गरेका हुन् ।
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारी घर भएका मेघराज सुवेदी सात वर्षदेखि सम्पर्क विहीन भएका छोराको खोजीमा भौँतारी रहनुभएको छ ।
विभागीय टोली नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सहकारीले सहकार्य र समन्वय बढाउन महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ ।
बागमती प्रदेशको प्रदेश उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ ।
नेपाल पुलिस क्लब सातौं एनभिए महिला तफा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ ।
गुल्मीमा दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जिल्ला आईटिएफ तेक्वान्दो सङ्घ गुल्मीको आयोजनामा शनिबार बिहानदेखि जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सुरु भएको हो ।
चन्द्रपुर नगरपालिका–९ डुमरियामा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि बिरामी जान छोडेका छन् । निःशुल्क उपलब्ध हुने औषधि अभाव भएपछि स्वास्थ्य चौकीमा बिरामी जान छोडेका हुन् ।
घरेलु टोली पाकिस्तानविरुद्ध तीन खेलको एकदिवसीय सिरिज न्युजिल्यान्डले जितेको छ । कराँचीस्थित नेशनल स्टेडियममा शुक्रबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई दुई विकेटले हरायो । यससँगै पाहुना टोली न्युजिल्यान्डले सिरिज २–१ ले जितेको हो ।