सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि पुनः चुनाव हुने भएको छ ।
प्रथम स्टार्टअप विजनेश तथा इन्टरटेन्मेन्ट फेष्टमा पाँचहजार नयाँ व्यवसाय र व्यापार गर्न चाहने व्यक्तिहरूले चासो व्यक्त गरेका छन् ।
तनहुँको एक पालिकालाई जिल्लामै पहिलो बालश्रम मुक्त घोषण गरिएको छ । तनहुँको म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा भएको हो ।
इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले लिड्स युनाइटेडमाथि जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई २–१ गोलले हरायो ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेश्वर दाहालले प्रेस सेन्टरले पत्रकारितालाई केन्द्रमा राखेर सङ्गठनलाई बलियो पार्नुपर्ने धारणा राख्नुभयो ।
गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ ।
इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ ।
गण्डकी प्रदेश सभाको सभामुखका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । त्यसका लागि संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ ।
तस्कर र प्रहरीबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकसहित दुई प्रहरी घाइते भएका छन् । सीमा प्रहरी चौकी छतवाबाट खटेका प्रहरी गस्ती टोलीले विश्रामपुर गाउँपालिका १ कल्याणपुर बोर्डर नजिकै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको समान चेकजाँच गर्ने क्रममा शुक्रबार साँझ तस्करसँग सामान्य विवाद भएको थियो ।
आमाको मृत्यु भएपछि टुहुरो बनेका दूधे बालकलाई आर्थिक सहयोग प्राप्त भएको छ । सिद्धिचरण नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरूले उक्त दूधे बालकलाई नगद सहयोग गरेका हुन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देखी खोलामा मनपरी उत्खनन् गर्ने दुई जेसिबी र नौ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले आफ्नो देशले ऊर्जा उत्पादन गर्न मद्दत गर्नका निम्ति लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न मद्दत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
तराईका भूमिपुत्र आदिवासी जनजाति थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । तीन दिनसम्म धूमधामसँग मनाइने यो पर्वलाई थारु समुदायका मानिसले पुस अन्तिम दिनबाट मनाउने गर्दछन् । माघ यो समुदायको सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
जाडो छल्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा आएका चरा असुरक्षित भएका छन् । नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपका विकास गर्दै आएको बुड्ढी तालका चरा स्थानीयले मार्न लागेपछि असुरक्षित बनेका हुन् ।