सामूहिक बलात्कार घटनाका आरोपितलाई कसुरदार ठहर गरी कैद र जरिवानाको फैसला भएको छ । सप्तरी जिल्ला डा
हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधामको कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणीमा शनिबारदेखि विधिपूर्वक बाँसको लिङ्गो
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक र विविधतायुक्त नेपाली समाजमा चाडपर्वले नेपाली–नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता हाम्रो साझा पहिचान भएको बताउनुभएको छ । थारू समुदायको चाड माघी तथा माघेसङ्क्रान्ति
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर सङ्क्रान्ति एवं माघेसङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्परा संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने बताउनुभएको छ ।
मेन्छ्याम जलविद्युत् परियोजनाको उद्घाटनसँगै सङ्खुवासभा जलविद्युत्को ‘हब’ बन्ने चर्चाले जिल्लावासीमा खुसीको तरङ्ग फैलिएको छ ।
नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्ने भएपछि सुदूरपश्चिम प्रदेश सभाले सभामुख तत्काल नपाउने भएको छ । नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले प्रदेश सभामा बोल्दै अहिले तत्काल कुनै पक्षलाई मतदान नगर्ने बताएपछि सभामुख निर्वाचन अन्यौलमा परेको हो । सत्ता पक्षमा रहेको उन्मुक्ति पार्टीले मतदान नगर्ने भएपछि निर्वाचित हुन आवश्यक संख्या २७ नपुग्ने भएको हो ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने अहिले बाध्यात्मक अवस्था रहेको बताउनुभएको छ । मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
दुुर्गमका स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने काम भएको छ । गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेकाबेला जिल्ला अस्पतालबाट परिचालित दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउण्ड गर्ने काम भएको हो ।
गण्डकी प्रदेशको बिहीबार सम्पन्न प्रदेश सभामुखको निर्वाचनमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ । धिताल गठबन्धनका तर्फबाट एमाले र राप्रपाको सहयोगमा निर्वाचित हुनुभएको हो ।
बाँकेमा राप्ती नदी बाहेक मानखोला, डुडुवा खोला र मोरङ्गा खोलाको निरन्तरको कटानका कारण बर्षेनी सयौं बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । कटान नियन्त्रणका लागि सरकारी कार्यालयले बनाएको गुरुयोजना बजेट अभावमा कार्यान्वयनमा आउन सकेको छैन ।
ताप्लेजुङमा तरुल उत्पादन कमी हुँदा मूल्य आकाशिएको छ । तरुल खपत हुने मुख्य मौसम अर्थात तरुलको पर्वका रुपमा समेत लिइने गरिएको मकरसङ्क्रान्तिको समयमा तरुलको मूल्य आकाशिएको हो ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी थिए ।
मधेश प्रदेशसभाको सभामुखका लागि माघ २ गते हुने निर्वाचन अन्तर्गत शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
थारु समुदायको बाहुल्यता रहेको नवलपरासीको सरावल गाउँपालिकाको मनरीमा दुई दिने माघी मेला सुरु भएको छ । थारु समुदायले माघे संक्रान्तिलाई वर्षको नयाँ दिनको रूपमा मनाउने प्रचलनअनुसार माघे संक्रन्तिको आवसरमा सरावल गाउँपालिकाको वार्ड २ मनरीमा तीन दिने माघी मेला सुरु भएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद थारुले बताउनुभएको छ ।