ललितकला प्रज्ञा–प्रतिष्ठानले जेठ १५ देखि ३० सम्म ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिका अनुसार गर्न लागेको प्रदर्शनीमा ६१० कलाकारका ६९७ कलाकृति राखिने छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट छनोट गरिएको हो । जस अन्तर्गत आधुनिक चित्रकला विधामा २३६ कलाकारका २७२ कलाकृति, परम्परागत चित्रकला विधामा १३० कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ कलाकारका ४६ कलाकृति र परम्परागत मूर्तिकला विधामा ३१ कलाकारका ३९ कलाकृति रहने छन् ।
आगामी वर्षका लागि सरकारको नीति तथा संसद्मा पेस भएको छ । नीति तथा कार्यक्रमका १८८ बुँदामध्ये सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित बुँदा १२ वटा छन् । तीमध्ये प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित बुँदा भने तीनवटा मात्र छन् । ९८ देखि १०० सम्म उल्लेख गरिएका यी बुँदामा यो सरकार आगामी एक वर्षमा मिडिया क्षेत्रमा के गर्न चाहन्छ, कस्तो ब
दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्नेछ ।
गरिखाने श्रमिक तथा गाँस, बास, आवास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा पहुँच नपुगेका वा पिछडिएका ‘तल्लो वर्ग’ प्रति राज्यको निस्पृहता अस्वाभाविक हुन्छ । बरु समग्र उनीहरूप्रति राज्यको विशेष चासो र उत्थानकारी कार्यक्रम कार्यान्वयनमा गम्भीर सव्रिmयता चाहिन्छ । श्रमिक तथा गरिब (तल्लो वर्ग) को हितार्थ नेपालमा संस्थागत संरचना र कार्यक्रम पनि नबनेका होइनन् तर यो वर्गीय अवस्थामा उल्लेख्य सुधार हुन सकेको छैन । आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारको नीति तथा
प्रत्येक वर्ष मे २२ लाई विश्व जैविक विविधता दिवसका रूपमा संसारभरि मनाइने गरिन्छ । विश्वले यस दिनलाई जैविक विविधताको संरक्षण गर्न एकताको दिनका रूपमा पनि लिने गरेको छ । सन् २००० मा संयुक्त राष्ट्रसङ्घको महासभाले मे २२ लाई विश्व जैविक विविधता दिवसका रूपमा मान्यता दिनुको उद्देश्य जैविक विविधता संरक्षणमा संसारभरि यसको समझदारी र चेतना अभिवृद्धि गर्ने रहेको थियो । सन् १९९२ मा भएको जैविक विविधता महासन्धिले यसको संरक्षण पारस्परिक सहयोग र समझदारीले मात्रै गर्न सकिने हुँदा कानुनी रूपले नै एक अर्कासित जोडिन आह्वान गरिएको हो । यसका मूल तीन उद्देश्य छन्, जैविक
झापाको बुद्धशान्ति गाउँपालिका –३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ ।आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सङ्घीय संसद्मा शुक्रबार (जेठ ५, २०८०) प्रस्तुत नीति तथा कार्यक्रमको यतिबेला सदनभित्र र बाहिर विमर्श चलिरहेको छ । नीति तथा कार्यक्रम नयाँ आर्थिक वर्षको त अर्थ राजनीतिक दस्ताबेज हुँदै हो, कतिपय सन्दर्भमा नेपालको आर्थिक तथा सामाजिक विकासको दूरगामी दस्ताबेजसमेत हो । सङ्घीय प्रणालीमा गएको मुलुकका निम्ति आर्थिक समृद्धिको जनसपना साकार पार्नुपर्ने भयानक चुनौती छ । जनआक्रोश बढेको बेला छ । त्यसैले नीति तथा कार्यक्रमले आगामी आर्थिक
सन् २०२२ मा फिलिपिन्सले ३२.५ विलियन डलर (४२ खर्ब ९० अर्ब रुपियाँ) को व्यापारसहित सूचना प्रविधि आउटसोर्सिङ मार्फत १५ लाख ७० हजारलाई रोजगारीको सिर्जना ग-यो । अङ्गे्रजी बोल्न जान्ने औसत जनसङ्ख्या, व्यापारिक मुलुकसँगको सांस्कृतिक एकरूपता, कम्प्युटर जनशक्तिको सुलभ उपलब्धता, प्रतिस्पर्धी सेवा शुल्क र सरकारी प्रोत्साहन नीतिका कारण यो देश संसारकै एक प्रमुख सूचना प्रविधि गन्तव्य बन्न पुगेको छ । भियतनामले २०१६ मा युरोपियन युनियन, चिली, जापान, कोरिया र इजरायल जस्ता देशसँग १२ वटा स्वतन्त्र व्यापार सम्झौता गरी लागु गरेकोे अर्को वर्ष मात्रै २३ हजार परियोजनामार्फत ३०७ विलियन डलर (४०
कपिलवस्तुको सुठौली भन्सारबाट आएको सात भारतीय माल बाहक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रज्ञापन पत्रमा लेखिएको भन्दा बढी तौल देखिए पछि प्रहरीले फ्ला.इएस ( सिमेन्टको कच्चा पदार्थ) बोकेका ७ भारतीय मालवाहक साधनलाई नियन्त्रणमा लिएको हो ।
केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आउनुभएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको तामाकोशी–५ मा कर्मचारी सञ्चय कोष नेपाल, विद्युत् प्राधिकरण र तामाकोशी जलविद्युत् कम्पनीबिच त्रिपक्षीय ऋण सम्झौता सम्पन्न भएको छ । आइतबार सम्पन्न ऋण सम्झौता अनुसार कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपियाँ ऋण लगानी गर्ने भएको छ ।
उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकाले करका दरलाई तार्किकस्तरमा राख्न व्यवसायीले आग्रह गरेका छन् । आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेका बेला आयात निर्यातकर्ता व्यवसायीको संस्था नेपाल समुद्रपार निकासी पैठारी सङ्घले अर्थ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई पत्र लेखेर करका दरहरू कम गरी अनधिकृत आयात निरुत्साहित हुने वातावरण बनाउन आग्रह गरेको हो ।
भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्समिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका १६ जना अभियुक्तमाथि पुनः तीन दिनको म्याद थप भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका अभियुक्तमाथि पाँच दिनको म्याद थप गर्न सिफारिस गरेको थियो ।
कच्चा र तयारी दालमा समान भन्सारदर हुँदा स्वदेशी उद्योग धराशायी भएकाले भन्सार शुल्क फरक राख्न व्यवसायीले माग गरेका छन् । नेपाल चामल, तेल, दाल उद्योग सङ्घले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर कच्चा र तयारी दालको भन्सारदर एउटै हुँदा विदेशी तयारी दालसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको भन्दै फरक फरक बनाउन माग गरेको हो ।