• १४ मंसिर २०८१, शुक्रबार

विद्युत् ट्रान्समिटर परिवर्तन गर्दा करेन्ट लागेर मृत्यु

blog

चितवन, जेठ ८ गते । भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्समिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आइतबार अपराह्न भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्समिटर परिवर्तन गर्ने क्रममा  विद्युत् कर्मचारीलाई सहयोग गर्ने एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समिति, भरतपुर २५ शुक्रनगरमा काम गर्ने बाँके जानकी गाउँपालिका २ घर भएका वर्ष २० को देसराज कोरी छन् । करेन्ट लागि घाइते भएका कोरीको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको  र चिकित्सकीय परीक्षणपछि उनको मृत्यु भएको घोषणा गरिएको हो ।

Author

शान्ता अधिकारी