• २० जेठ २०८१, आइतबार

प्रत्यक्ष प्रसारण

नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

blog

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न जाने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं, जेठ ७ गते । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।

नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आइतबारको बैठकमार्फत संसद्लाई जानकारी गराउनुभएको छ । 

नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट एकनाथ ढकाल, वासुदेव घिमिरे, सूर्यबहादुर थापा, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले संशोधन प्रस्ताव राख्नुभएको हो ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोविता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले नीति तथा कार्यक्रमका विभिन्न बुँदामाथि संशोधन प्रस्ताव दर्ता गर्नुभएको हो ।