• १२ वैशाख २०८१, बुधबार

लघुकथासङ्ग्रह सार्वजनिक

blog

भक्तपुर, जेठ ९ गते । कथाकार ध्रुव मधिकर्मीद्वारा सम्पादित अभियान लघुकथा नामक लघुकथासङ्ग्रह सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ   साहित्यकार मोहनबहादुर कायस्थ, समाजका अध्यक्ष धनमान श्रेष्ठ र हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभयो ।

वरिष्ठ साहित्यकार कायस्थले जीवनमा आफूले देखेभोगेका विषय कथामा आउने भएकाले त्यसलाई उचित भाषा दिएर सुधार्ने जिम्मा लेखककै हुने बताउनुभयो । सम्पादक तथा कथाकार मधिकर्मीले नयाँ स्रष्टाको लेखनको मूल्याङ्कनका लागि सङ्कलन निकालिएको बताउँदै समयको आयाम र विषयको दृष्टिकोणप्रतिको सचेतताले लघुकथालाई प्रभावकारी बनाउने धारणा राख्नुभयो ।

कार्यक्रममा सभापति श्रेष्ठ, केन्द्रका अध्यक्ष केसी र विनोद ढुङ्गेलले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजले प्रकाशित गरेको सो कृतिमा ६२ जना लघुकथाकारका लघुकथा रहेका छन् ।