• ८ असार २०८२, आइतबार

जुम्ला पूर्ण खोप सुनिश्चित घोषणा

blog

जुम्लाको तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रम । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता

जुम्ला, असार ८ गते । जुम्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । चन्दननाथ नगरपालिकासहित आठ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका हुन् । 

स्थानीय तह स्वास्थ्य शाखाका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका २०८२ वैशाख १२ गते, सिँजा गाउँपालिका वैशाख २५ गते, हिमा गाउँपालिका वैशाख ३१ गते, कनकासुन्दरी गाउँपालिका जेठ ८ गते, पातारासी गाउँपालिका जेठ ९ गते, तिला गाउँपालिका जेठ ११ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिएका छन् । यसै गरी तातोपानी गाउँपालिकासमेत घोषणा भइसकेपछि जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । बिहीबार जिल्लाको तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चित दिगोपना गाउँपालिका घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जिल्ला अब पूर्ण खोपयुक्त पालिका भएकोमा सबैलाई धन्यवाद दिनुभयो । 

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा गाउँपालिकाका जन्मदेखि १५ महिनामुनिका बालबालिका तथा १६ देखि ५९ महिनामुनिका बालबालिकाले सबै प्रकारका खोप पाएको सुनिश्चित पाएका छन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार चौलागाईंले १६ देखि ५९ महिनासम्मका ५८७ जना बालबालिकाले पूर्ण खोप पाएका छन् । यसै गरी जन्मेदेखि १५ महिनाका २९१ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । उहाँका अनुसार २८३ जना बालबालिकालाई खोप कार्ड उपलब्ध गराइएको छ । यसका साथै पूर्ण खोप प्राप्त गरेका ५८७ जना बालबालिका रहेका छन् । कार्यव्रmममा तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले निकै मेहनत गरेर सबै बालबालिकालाई खोप सुनिश्चित गर्ने स्वास्थ्यकर्मीसहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।