• ६ जेठ २०८१, आइतबार

भक्तपुर अस्पताल सर्वोत्कृष्ट

blog

भक्तपुर, जेठ ९ गते । भक्तपुर अस्पताल यस वर्ष सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै सर्वोत्कृष्ट अस्पताल बनेको हो । स्वास्थ्य मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कन अनुसार भक्तपुर अस्पतालले सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी देशभरका अस्पतालमध्ये सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । 

भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालले ९७ अङ्क प्राप्त गरी देशकै सर्वोत्कृष्ट हुन सफल भएको जानकारी दिनुभयो । स्वास्थ्य विभागका मीरा निरौला, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा पवन साह, कान्ति बाल अस्पतालका नर्सिङ प्रमुख रोशनी तुइतुईलगायतको मूल्याङ्कन टोलीले देशभरका अस्पतालको मूल्याङ्कन गरेको थियो ।