तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।
बाढीपहिरो र डुबानका कारण भएको क्षतिको बिमाबापत पाउनेहरूले दाबी गरेको रकमभन्दा कम भुक्तानी भएको छ ।
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरता र स्थायित्वका लागि सामाजिक सद्भाव र एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाली समाजमा पिताको पेसा वा व्यवहार पछ्याउने सन्तानले बाबुको बिँडो थामेको भनेर प्रशंसा गरिन्छ ।
पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ ।
अदालतमा मिलापत्र भइसकेको विषयलाई गाली बेइज्जती गर्ने उद्देश्यले संसदीय सुनुवाइ समितिमा प्रवेश गराएको भन्दै कृष्णमान प्रधानले एक उजुरीकर्ताविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।
सदर चिडियाखाना जाउलाखेलमा दुर्लभ वन्यजन्तु हिउँचितुवा अवलोकन गर्न खुला गरिएको छ ।
सरकारले विद्यालय तहको पुस्तक छपाइमा निजी प्रकाशनगृहको दायर खुम्च्याउँदै लगेको छ ।
बुटवलको सुप्रिम सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलनले प्रहरी अनुसन्धान प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जग्गा प्राप्तीको विवादले अलपत्र परेको लुम्बिनी प्रदेश सरुवा रोग अस्पताल भवन निर्माणको कामले गति लिएको छ । प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको पहलमा लुम्विनी प्रदेश सरकारले जग्गा प्राप्तिको प्रक्रिया पूरा गरेपछि भवन निर्माणको काम सञ्चालनमा आएको छ ।
मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दुई सय भन्दा बढी घाइते भएका गैरसरकारी समूहहरुले जनाएका छन् ।
अविरल वर्षाका कारण बन्द रहेको रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।
युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाउन उत्तर कोरियाली सेना तैनाथ गर्दा स्थलगत लडाइँमा खासै असर पर्ने सम्भावना कम भए पनि एसिया, युरोप र अन्यत्रको सुरक्षा चासोमा असर पर्न सक्ने विश्लेषकहरुले बताएका छन् ।