शनिबार (अक्टोबर २६) को दिन नेपाली समुदाय र बानाका लागि ऐतिहासिक र अविस्मरणीय दिन रह्यो । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा रहेको नेपालीको छाता संस्था बाल्टिमोर एशोसिएशन अफ नेप्लीज इन अमेरिका (बाना) नेपाली समुदायको हक हितमा काम गर्ने अग्रणीले झण्डा फहराएको हो ।
गाउँघरमा आधुनिक मनोरञ्जन साधनको पहुँच नभएको समयमा बालन र सँगिनीको हाई–हाई थियो । मान्छे टाढा टाढाबाट बालन र सङ्गीनी हेर्न कार्यक्रम स्थलसम्म पुग्थे । त्यही बालन र सङ्गीनी अहिले एकादेशको कथाजस्तो भएको छ ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा कार्यान्वयन हुननसकेको हो ।
११६ औँ लक्ष्मी जयन्तीको अवसरमा बृहत् साहित्यिक समारोह तानसेनमा सम्पन्न भएको छ । साहित्यक समारोहमा विभिन्न जिल्लाका २९ जना साहित्यकारले रचना बाचन गर्नुभएको थियो । साहित्यकारहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा समेत चर्चा गर्नुभएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गर्नुभएको छ ।
दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्यूडकाे भूकम्प गएको छ ।
स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति अक्टोबर १८ मा समाप्त भएको सातामा २।१६३ अर्ब अमेरिकी डलरले घटेर ६८८.२६७ बिलियन डलर पुगेको छ ।
स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौंसुर मन्दिरमा बडादसैंको अवधिमा १७ लाख ४८ हजार ३६९ रुपियाँ भेटी संकलन भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताउनुभएको छ । नयाँ सरकार बनेर सय दिन पूरा गरेको समीक्षा गर्दै अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको बताउनुभएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गर्नुभएको छ ।
तिहारमा गोवर्धन पूजाका दिन गाईभैँसी तथा बाख्रालाई नयाँ रङ्गीन डोरी लगाउने चलन छ ।
स्पेनको उत्तरी शहर सान्टान्डरमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पैराखर्क क्षेत्र हुँदै घुम्ती भेडीगोठ बेसीतर्फ झार्दै गरेका भेडीगोठाला । चिसो बढ्न थालेपछि बुकी क्षेत्रमा रहेको भेडीगोठ बेसी झार्न थालिएको हो ।
असोज दोस्रो सातामा आएको बाढीपहिरोबाट प्रभावित बनेका काभ्रेपलाञ्चोकका स्थानीय तह खोज, उद्धारको कार्यक्रम सकिएसँगै अब राहत वितरण, प्रभावित परिवारको पुनर्वास र पुनर्निर्माणतर्फ अघि बढेका छन् ।